Widgets

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बाँके , भाद्र ६ - नेपालगन्जका दुई बिद्यार्थी कपिल दुवेदी, लिलाधर भट्ट र खजुराका व्यवसायी प्रकाश श्रेष्ठको हत्या गरी फरार अभियुक्त बाँके ईन्द्रपुरका जियाउल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । बागेश्वरी उच्चमाध्यमिक बिद्यालयमा अध्यनरत कपिल र लिलाधरलाई २०६७ असोज १४ गते अपहरण गरे लगत्तै हत्या गरिएको थियो । अपहरण गरी हत्या गरिएका द्विवेदी परिवारले अपहरणकारीलाई १० लाख फिरौती बुझाएका थिए । ०६६ माघ २७ गते साँझ साढे ७ वजे खुजरास्थित ट्रक समिति नजिकै मोटरसाईकलमा आएका दुई व्यक्तिले गोली हानी प्रकाशको हत्या गरेका थिए । हत्याको जिम्मेवारी जनतान्त्रिक तराई पार्टी मधेसले लिएको थियो । घटनापछि पीडित परिवार खजुराबाट बनकटवा गाविसमा विस्थापित भएको छ । लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका अन्सारीसँग सोधपुछका क्रममा बिद्यार्थी र प्रकाशको हत्या बारे खुलेको बाँकेका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले बताए । दुई बिद्यार्थीको अपहरणपछि हत्या गर्ने मुख्य योजनाकार मेराजअहमद साई सहित ८ जनालाई बाँके जिल्ला अदालतले जनही ७८ वर्ष कैद सजाय तोकेको छ । हत्यामा संलग्न कैलाशकुमार गडरिया, राजितराम कुर्मी, रामशोभित बर्मा, बर्सती भन्ने नजिर खाँ, रज्जवअलि साँई, ईब्राहिम मनिहार र ईन्साफअलि दर्जीलाई पनि अदालतले ७८/७८ वर्ष कैदको फैसला सुनाएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger