Widgets

Home » , » रामेछापको खिम्तीमा पहिरोले ७ को मृत्यु पुरै बजार जोखिममा

रामेछापको खिम्तीमा पहिरोले ७ को मृत्यु पुरै बजार जोखिममा

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोलखा, श्रावण २९ - रामेछापको पुष्पलाल मार्गअन्तर्गत पर्ने खिम्ती बजारमा गएको पहिरोले ७ जनाको मृत्यु भएको छ । राति ११ बजेदेखि भएको अविरल बर्षापछि बजारमा रहेको खोलाको पानी बढेपछि गएको पहिरोले खिम्ती-२ का ३ जना, वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ३ जनाको ज्यान गएको हो ।
गुगल अर्थबाट देखिएको खिम्ति बजारको दृश्य ।
घाईते ६ जनालाई उपचारको लागि दोलखाको गिर्नेटारस्थित अस्पतालमा पठाइएको छ । पहिरोले पुल बगाएपछि पुष्पलाल मार्गको आवत्वाजत बन्द भएको छ । बजार पूरै जोखिममा छ । त्यहाँबाट १९ जनालाई सुरक्षित स्थानमा लैजानुपर्ने देखिएको रामेछापका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
हाल उक्त क्षेत्रमा ३२ जना सेना, २० जना सशस्त्र प्रहरी र करिब ५० जना जनपद प्रहरीको उद्दार टोली खटिएको छ । घटनास्थलमा जाने खोला बढेकाले बिहान मात्रै उद्दार टोली त्यहाँ पुग्यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger