Widgets

Home » , » सरकारको दोहोरो नीतिले उपभोक्ता मारमा

सरकारको दोहोरो नीतिले उपभोक्ता मारमा

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Bird Flue

काठमाडौ, श्रावण २९ - संक्रमित कुखुरा मार्ने र ओसार पसारमा गर्न दिने राज्यको दोहोरो नीतिले उपभोक्ता अन्यौलमा परेका छन् । ओसार पसारमा खुला गरेपछि मासु खान हुने वा नहुने उपभोक्ता दोधारमा छन् । रोग लागेको पुष्टि भएपछि सरकारले दैनिकजसो कुखुरा नष्ट गर्ने गरेको छ । बजारमा मासु बिक्रिमा पनि रोक लगाएको छैन । पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले संक्रमित कुखुरा नष्ट गर्ने र स्वच्छ कुखुरा बिक्रि खुला गरेको बताए । 'सबै र्फमको कुखुरामा बर्डफलु लागेको हुदैन । संक्रमित देखियो भने अन्यत्र नफैलियोस भनेर नष्ट गर्छौ,'उनले भने- 'बजारमा पठाएको कुखुरा पनि लसपस भएको हुन सक्ने आशंकाले राम्ररी पकाएर खान भनेका हौ ।' साउन पहलिो सातादेखि उपत्यकामा एक पछि अर्को र्फममा बर्डफलु देखिएको हो । भक्तपुर, थानकोट, किर्तिपुर लगायतको अधिकांश कुखुरा र्फमको कुखुरामा बर्डफलु लागेको भन्दै निगरानी पनि सुरु गरेको छ । कुखुरा ओसार पसार नगर्ने भन्दै एक साता प्रतिन्ध पनि लगायो तर, व्यवसायीको दबाबमा थप रोक लगाउन सकेन । सरकारले प्रतिबन्ध खुला गरेपछि उपत्यका बाहिर पनि बर्डफलु देखिन थालेको छ । सरकारले बिहान र बेलुका निश्चित समयमा मात्रै कुखुरा ओसार पसार गर्न पाउने व्यवस्था गरेकेा छ । तर, सरकारी निकायको आखा छल्न भाडाको बस र अन्य सवारीमा कुखुरा ओसार पसार गर्ने गरेको पाइएको छ । सरकारले भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेपनि व्यवसायीले नौ बुदे माग राखेपछि हुन सकेन । अवस्था हेरेर सरकारले एक महिना ओसार पासरमा रोक लगाउन सक्छ । तर, व्यवसायीको दबाबमा संकटग्रस्त क्षेत्र घोषणा गरेर जीविति कुखुरा नष्ट गर्न चासो देखाएको छैन । 'सरकार उपभोक्ताप्रति जिम्मेवार नभएकोले हामी आफै सचेत हुनु पर्ने अवस्था आएको छ' उपभोक्ता हित संरक्षण मन्चका महासचिव ज्योति बानियाँले भने- 'यतिबेला कुखुराको मासु खानु भन्दा नखानु राम्रो हुन्छ ।' मानव स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई उपभोक्ताबादी संघसंस्थाले आग्रह गरेको छ । टोल छिमेकमा कुखुराको र्फम भए बिरोध गरेर हटाउन लगाउनु पर्ने बानियाले बताए । बस्ती नजिकै र्फम भएपछि स्थानीयबासीको स्वास्थ्यमा प्रत्यक्ष असर गर्न सक्छ । काठमडौंका चपली वासिक स्थित र्फमको कुखुरा मरेर टोलमा दुर्गन्ध फैलिएपछि परिक्षणका लागि पशु सेवा कार्यालय काठमाडौं बारम्बार आग्रह गर्दा पनि चासो नदिएको स्थानीयको गुनासो छ । बस्तीको बीचमा कुखुरा र्फम भएपछि स्थानीयबासी थप आतंकित भएका छन् । पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टका अनुसार सोमबार थप ६ वटा र्फममा बर्डफलु देखिएको छ । त्यस मध्ये चार वटा र्फमको कुखुरा नष्ट गरिसकेको छ । र्‍यापिड टेष्टको क्रममा थप एक र्फममा बर्डफलु देखिएको हो । सोमबार १९ वटा र्फममा परिक्षणको क्रममा छालिङको एक र्फममा बर्डफलु देखिएको उनले बताए । थप पुष्टिका लागि केन्द्रीय पशु रोग अन्बेषण प्रयोगशालामा पठाएको छ । त्यस्तै सिपाडोल ८ को सानुकाजी तामाङ, झौखेल ७ को योगेश हाडा, बागेश्वरी ३ प्रकाश बास्तोला, सुडाल ५ रञ्जन भैमटो र नंखेल २ स्थित कान्छाराम सुख्ख्ामटु र्फममा पनि बर्डफलु देखिएको उनले बताए । त्यस मध्ये सुमनको र्फमको ४ सय ५० कुखुरा र २ सय ५० किलो दाना नष्ट गरेको छ । त्यस्तै योगेशको र्फमबाट २ हजार ९ सय ५ कुखुरा र १ हजार ५ सय ६६ अण्डा नष्ट गरेको छ । कान्छाराम र र्‍यापिड टेष्टमा बर्डफलु देखिएको छालिङका र्फमको कुखुरा नष्ट गर्न बाकी छ । बर्डफलुको कारण नेपालमै आत्म निर्भर कुखुरा व्यवसाय पनि धरापमा परेको छ । सरकारले उचित निणर्य लिन नसक्दा व्यवसायीको मरेको कुखुराको बजार मुल्य अनुसारको राहत पाउन सकेको छैन । सरकारले दिने क्षतिपूति कम भएकै कारण बजारमा रोगी कुखुरा जाने गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger