Widgets

Home » , » मलेसियामा ६ हजार २ सय नेपाली सम्पर्कबिहीन

मलेसियामा ६ हजार २ सय नेपाली सम्पर्कबिहीन

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, काठमाण्डौं । मलेसियामा ६ हजार दुई सय नेपाली सम्पर्क बिहीन भएका छन् । ‘रोजगारीका सिलसिलामा मलेसिया पुगेर बेपत्ता तथा परिवारको सम्पर्कमा नआएको संख्या ६ हजार २ सय पुगेको छ’, मलेसियामा हराइरहेका नेपालीको अनुसन्धानमा सन् २००९ देखि संलग्न रहेको आप्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले भने, ‘यी मध्ये १ हजार २ सय बेपत्ता छन् । न उनीहरु परिवारको सम्पर्कमा छन्, न मलेसियामा खोज्दा नै भेटिन्छन् । उनीहरु मरे कि बाँचेका छन्, पत्तो छैन् ।’ समितिले वेपत्ता तथा सम्पर्कबिहीन रहेकाको खोजी गर्न बारम्बार मलेसिया र नेपालस्थित उनीहरुको घर पुगेर तथ्यांक संकलन गर्ने गरेको छ । समितिको अनुसन्धानअनुसार परिवारसँग सम्पर्कमा नरहेका झन्डै ५ हजारले विदेशी महिलासँग बिहे गरी घरजम गरेका छन् । ‘त्यसमध्ये २ हजार नेपाली बिहे गरी परिवार भएकाहरु छन्,’ अध्यक्ष पाण्डेले भने, ‘नेपालमा रहेका आफन्तले उताको बिहेबारी थाहा पाउलान भनेरै उनीहरु सम्पर्कबाहिर बसेका हुन् ।’ मलेसियामा बिहे गरी बसेका नेपालीमध्ये ९० प्रतिशतले इन्डोनेसियाली केटीसँग घरजम गरेको अनुसन्धानले देखाएको नागरिक दैनिकमा खबर छ । बाँकी १० प्रतिशतले फिलिपिनो र अन्यसँग बिहे गरेका छन् । उनीहरु अधिकांश मलेसियामै लुकेर बसेका छन् भने केही पत्नीको देशमा बसोबास गर्दै गरेको पाण्डेले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger