Widgets

Home » , » दलित प्रहरीको ओडारमा बास

दलित प्रहरीको ओडारमा बास

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, बाजुरा । दलित भएकै कारण एक प्रहरी जवान बाजुराको बुढीनन्दा मेला भर्नबाट बञ्चित भएका छन् । पुजारीको धम्कीले बीचबाटै फर्काईका उनी एक रात सुनसान ओडारमा रात बिताउन बाध्य भए । मेला सुरक्षार्थ प्रहरी टोलीमा स्थानीयबासी जनक विकसमेत थिए । प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्दको नेतृत्वमा उक्त टोली मेलातर्फ तीनदिन कोल्टीबाट हिड्यो । डेढ दिनको ठाडो उकालेा पार गर्दै चरी दह भन्ने स्थानमा पुग्यो । त्यस ठाउँमा बुढीनन्दा जाने तीर्थालुसहित पुजारी भेला भएका थिए । केहीबेरमै प्रहरी टोलीमा दलित भएको भन्दै बिरोध सुरु भयो । उनलाई मेला जानबाट वञ्चित गराइयो । ‘पुजारी श्रीलाल बोहराले बोलाएर दलित जाने भए यात्रा अघि बढ्दैन भने,’ सहायक निरीक्षक चन्दले भने, ‘त्यसपछि जनकलाई सोधेँ, उनले भैगो सर मेरा कारणले अफ्ठेरो हुने भए जान्न भन्यो ।’ ‘अनि म अलग्गिएपछि तीर्थालुसँगै गैरदलित सहकर्मी पछि लागे,’ जनकले भने, ‘सुन्दर पाटनमा उनीहरुको लस्करलाई मैले आँखाले देखुञ्जेल हेरे, ओझेल परेपछि त्यस सुनसान ठाउँमा म एक्लो भएँ ।’ मानव बस्तीबाट करिब २ दिन कठिन उकालो पार गरी मन्दिर पुग्न केही घन्टामात्र बाँकी रहँदा उनी रोकाइएको कान्तिपुर दैनिकमा खबर छ । ‘म केवल एक्लो भए, बेस्सरी भक्कानिएर रुन थालेँ, सबै बस्ने ठाउँ, र सहारा कतै थिएन । अति तल छाप्रेमा रात पर्‍यो । यता-उता हेरेँ, ओडार देखेँ । त्यहीँ रात बिताएँ उनले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger