Widgets

Home » , » उपत्यकामा मर्निङ वाक जोखिमपूर्ण

उपत्यकामा मर्निङ वाक जोखिमपूर्ण

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, काठमाण्डौं । शान्त वातावरण र स्वच्छ हावाको मज्जा लिन ‘मर्निङ वाक’ मा निस्कनु धेरै सहरबासीको दैनिकी नै भएको छ । तर मर्निङ वाकको यो रुटिन अव तपाईले परिवर्तन गर्नुपर्नेछ । नत्र चर्को प्रदूषणको सिकार हुने जोखिम छ । तन्दुरुस्तीका लागि झिसमिसै मर्निङ वाकमा निस्कने काठमाण्डौं उपत्यकाबासीले सबैभन्दा बढी प्रदुषणको सामना गर्नुपरेको तथ्य बैज्ञानिक अनुसन्धानले देखाएको छ ।
24-kathmanduजर्मनीस्थित इन्स्टिच्युट फर एड्भान्स सस्टेनवालिटी स्टडिज -आईएएसएस) का महेश्वर रुपाखेतीसहितका वैज्ञानिकहरुले गरेकेा अध्ययनले प्रदूषणको यस्तो अवस्था देखाएको हो । अनुसन्धानका अनुसार उपत्यका बिहान ६ बजे देखि १० बजेसम्म सबैभन्दा धेरै प्रदूषित हुन्छ । अध्ययनले उपत्यका दिउँसो बढी प्रदूषित र बिहान स्वच्छ हुने आमविश्वास गलत सावित गरिदिएको मंगलबार प्रकाशित अन्नपूर्ण पोस्टमा खबर छ । रुपाखेलीले प्रदूषणको दृष्टिले मर्निङवाको समय हानिकारक रहेको बताए । उनको समूहले उपत्यकाका बोडे, भीमढुंगा, शिवपुरी, नगरकोट, पकनाजोलसहित २२ स्थानमा एकसय ६० वटा अत्याधुनिक प्रविधि प्रयोगलगरी वायु प्रदूषण अध्ययन गरेको थियो । राजधानीमा भेला भएका वैज्ञानिकहसँगको छलफलमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै उनले भने-’दिउँसो १२ देखि एक बजे बिहानको भन्दा एक चौथाई कम तथा साँझ पाँच बजेदेखि ६ बजे आधा भन्दा कम प्रदूषण हुन्छ । ‘
साँझ डढाएको फोहोर तथा अन्य स्रोतबाट निस्किएको धुवाँधुलो उपत्यकाबाट बाहिरिन नपाउँदा बिहान प्रदूषणको मात्रा बढी हुने गरेको अध्ययनको निष्कर्ष छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger