Widgets

Home » » ५५ फिट लामो कपाल भएकी महिला भन्छिन् : कपाल मेरो सन्तान (फोटोफिचर सहित)

५५ फिट लामो कपाल भएकी महिला भन्छिन् : कपाल मेरो सन्तान (फोटोफिचर सहित)

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मान्छेको कपाल कति सम्म लामो हुन सक्दो रहेछ ? अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए । कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन् ।
1
एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले कहिल्यैपनि कपाल काटि्दन ।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।
विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि सन्तानजत्तिकै प्यारो रहेको बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर, हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।
4
उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा बोक्नुपर्छ ।
5
उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् । तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न थालेकी थिइन् ।
678Untitled-1Untitled-1

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger