भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ भदौ, काठमाडौं । स्थानिय बजारमा बुधबार स्थिर रहेको सुनचाँदीको भाउ बिहीबार भने आकासिएको छ । बिहीबार स्थानिय बजारमा सुनको भाउ तोलामा १२ सय
रुपैयाँ बढेर ५८ हजार ५ सय रुपैयाँमा पुगेको छ । लामो समयपछि सुनको भाउले ५८ हजार नाघेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जाँदा स्थानिय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताउनुभयो । सुनको भाउ अझै केही दिन निरन्तर बढीरहने उहाँको भनाई थियो । सुनको भाउ घटेर ४८ हजारमा आसपासमा पुग्दा विज्ञहरुले भाउ अझै घटेर ३०/३५ हजार रुपैयाँसम्म पुग्ने विश्लेषण गरेका थिए । तर, विज्ञहरुको विश्लेषण विपरित सुनको भाउ निरन्तर बढेर ५८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
बिहीबार चाँदीको भाउ पनि आकासिएको छ । बुधबार स्थिर रहन पुगेको चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर १ हजार रुपैयाँमा पुगेको छ ।
अमेरिकी डलरको भाउ बढ्दै जाँदा सुनको भाउ पनि सँगसँगै बढ्दै गइरहेको छ । ‘पहिला डलरको भाउ बढ्दा सुनको भाउ घट्थ्यो’ अर्थविद् चिरञ्जीबी नेपालले भन्नुभयो- ‘पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमै डलर र सुनमा बराबर लगानी हुन थालेपछि डलर र सुनको भाउमा उल्टो सम्बन्ध तोडिएको हो ।’
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले विश्वभर अझै लगानीको वातावरण बन्न सकिरहेको छैन भन्ने प्रष्टाउँछ । लगानीकर्ताहरु अझै पनि उत्पादन तथा सेवा क्षेत्रमा भन्दा सुन र डलरमा लगानी गर्न आकषिर्त भइरहेको अर्थविद् नेपालको भनाई छ । अहिले बढेपनि केही समयपछि सुनको भाउ घटेर ३५ हजारको हाराहारीमा पुग्नेमा भने उहाँले पुनः दाबि गर्नुभयो ।
नेपालमा सुनको भाउ विश्वमै सबैभन्दा महंगो पर्ने गरेको अर्थविद् नेपालले बताउनुभयो । उहाँका अनुसार नेपालमा अन्य देशको तुलनामा सुन प्रतितोला २ हजार रुपैयाँसम्म बढी लिएर बिक्री गर्ने गरिन्छ ।

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.