Widgets

Home » , » आँखाको उमेर ५० करोड वर्ष

आँखाको उमेर ५० करोड वर्ष

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तपाइँ कति वर्ष उमेरको हुनुभयो हँ ? अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो ।
111
वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन्, जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले आफ्नो अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्दि्रत गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्बि्रयन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ ।
अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger