Widgets

Home » » फेसबुके तरुनीले बिहे भाँडे

फेसबुके तरुनीले बिहे भाँडे

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
साउदी अरेबियाकी एक युवतीले आफ्नो हुनलाई ठीक्क परेको विवाह भंग गरिन् । इनगेजमेन्टको तयारीमा रहेकी उनले यस्तो एकाएक त्यो केटासँग इन्गेजमेन्ट नगर्ने निधो गरिन् । उनले यसो गर्नुको कारण जान्न चाहनुहुन्छ ? निकै रोचक कारण पो छ त ।
fb_friend
वास्तवमा उनले आफ्नो हुनै लागेको बिहे भंग गर्नुको कारण फेसबुक हो । अझ फेसबुकका केटीहरु हुन् । गल्फ न्युजका अनुसार आफ्नो हुनेवाला लोग्नेको फेसबुक, टि्वटर तथा इन्स्ट्राग्राम लगायतका सोसल नेटवर्कमा धेरै केटी साथी रहेको भन्दै ती युवतीले त्यो युवकसँग सम्बन्ध नगाँस्ने निधो गरिन् ।
उनको हुनेवाला लोग्नेको सोसल नेटवर्क तथा माइक्रोब्लगका अधिकांस साथी तथा फलोअर्सहरु युवती तथा महिलाहरु रहेको पत्तो पाएपछि ती युवती यस्तो कठोर तथा बहुलट्ठीपूर्ण निष्कर्षमा पुगिन् । उनले दुइ हप्तासम्म त्यो युवकको टि्वटर अकाउण्टका टि्वट्स, फेसबुकका तस्वीर तथा स्टाटस तथा  इन्स्ट्राग्रामका तसवीर समेत अनुगमन गरिन् । त्यस्तो अनुगमनबाट उनले के पाइन् भने त्यो युवकको सोसल साइटमा सबैभन्दा धेरै कमेन्ट गर्ने केटीहरु नै थिए र उसका साथीहरु पनि धेरै केटी नै थिए । त्यस्तो देख्दा ती युवतीलाई त्यो युवक प्रति शंका जाग्यो र ऊ कतै धेरै केटी बटुल्ने मान्छे त होइन भन्ने लाग्यो ।  त्यसपछि उनले त्यो युवकसँग तय भएको इन्गेजमेन्टको कार्यक्रम एकतर्फी रुपमा रद्द गरेर ऊ सँग बिहे नगर्ने घोषणा गरिन् ।
उनको यस्तो अनौठो निर्णयलाई कतिपयले अनलाइनमा सह्राना गरेका छन् पनि कतिपयले सनकी भन्दै गाली समेत गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger