भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ साउन, सिन्धुली । सिन्धुलीमा कमला नदीले बगाएर मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शन गर्न गएका तिर्थालुहरु कमला नदी तर्नेक्रममा उनीहरुलाई आज बिहान नदीले बगाएको थियो ।
घटनाका बारे सुनेर गएको प्रहरी, नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेको भने पाँच जनाको शब फेला परेको एक जनालाई घाइते अवस्थामा उद्दार गरेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशव आचार्यले जानकारी दिनुभयो ।
अन्य केहीलाई पनि खोलाले बगाएको भनिएपनि अहिलेसम्म कसैको शव फेला पर्न नसकेको पनि प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । महादेवको दर्शन गर्नका लागि सयौंको संख्यामा तिर्थालुहरु रहेको र उनीहरुलाई नदी तार्ने व्यवस्था नेपाली सेनाले मिलाइरहेको छ । अहिले नदीबाट तर्न बन्द गरिएको छ ।
मृतकहरुको पहिचान हुन सकेको छैन । स्थानीयबासीले १३ जनालार्इ सकुशल उद्दार गरेका छन् । स्थानीय प्रतक्ष्यदर्शीहरूले भने दर्जन भन्दा बढीलार्इ बगाएको बताएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.