Widgets

Home » , » नेपालमै चल्दैन नेपाली रुपैयाँ

नेपालमै चल्दैन नेपाली रुपैयाँ

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाण्डौं । मुलकुभित्रै नेपाली रुपैयाँ चलदैन भन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ । तर महोत्तरी जिल्लाको भारतीय सीमासँग जोडिएको मनरा गाविस पुगेपछि जोकोहीको यो भ्रम टुट्छ ।
nepali-note-1मनरामा लामो समयदेखि नेपाली रुपैयाँ नचल्ने गरेको हो । मुलुकभित्रै नेपाली रुपैयाँ नचल्दा सर्वसाधारणले भने निकै सास्ती खेप्नुपरेको छ । आफ्नै देशमा आफ्नै रुपैयाँ नचल्दा स्थनीय बासिन्दाले दैनिक उपयोग्य सामग्रीसहित अन्य वस्तुको खरिद-बिक्री गर्नुपर्दा समस्या उत्पन्न हुने गरेको स्थानीय शिक्षक रामदिनेश चौधरीले बताएर ।
स्थानीय लेखापढी व्यवसायी रबीन्द्र भगतका अनुसार छिमेकी मुलुक भारतको सीतामढी जिल्लाअन्तगत सिरसिया सहरसँग जोडिएको नेपालको मनरा गाविसका हाट, बजार तथा पसलमा नेपाली रुपैयाँको ठाउँमा भारतीय रुपैयाँ मात्र चल्ने गरेको राजधानी दैनिकमा खबर छ । दैनिक जीवनका हरेक आर्थिक कारोबारमा मनराबासीले भारतीय रुपैयाँमा लेनदेन गर्नुपर्ने बाध्यता रहेको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger