Widgets

Home » , » बावुलाई हराउँदै छोरा च्याम्पियन

बावुलाई हराउँदै छोरा च्याम्पियन

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

squas

काठमाडौ, श्रावण २७ - हीराबहादुर थापाले २०५१ सालदेखि नेपाली स्क्वासमा एकछत्र राज गर्दै आइरहेका थिए । तर उमेरले अर्धशतक प्रहार गर्न लागिसकेका हीरा भन्डै दुई दशकयता शनिबार राष्ट्रिय च्याम्पियन बन्नबाट चुके । हीरा (४७ वर्ष) को हातबाट उपाधि खोसिए पनि घर बाहिर भने गएन । उनकै १७ वर्षीय छोरा अमृतले पुरुष एकलमा ३-१ को सेटमा जित निकाल्दै नयाँ विजेताका रूपमा उदाए । गत वर्षको असोजमा भएको राष्ट्रव्यापी स्क्वासमा पनि उपाधि भिडन्तमा पनि छोरा अमृतले हीरालाई ३-१ ले हराएका थिए । दुई दशकमा पहिलोपल्ट राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकसमेत रहेका बावुले आफ्नै शिष्य छोराबाट हार्नुपरेको थियो । 'यसअघि हार्दा झुक्किएर हो कि भन्ने प्रश्न उठेको थियो,' हीराले भने, 'यसपल्ट फेरि मलाई हराएर साँच्चै आफू च्याम्पियन रहेको उसले सावित गरिदियो ।' ढल्केको उमेर र छोराको टेक्निकल रूपमा राम्रो प्रदर्शनले आफू हार्न बाध्य भएको हीराले बताए । पहिलो सेटमा पछि परेको स्थितिलाई उल्टाउँदै अमृतले ३-११, १२-१०, ११-४ र ११-७ ले खेल आफ्नो पक्षमा पारे । सातदोबाटोस्थित स्क्वास एकेडेमीको हलमा बावु-छोराको भिडन्तले दर्शकलाई उत्साहित पारेको थियो । बावुले डटेर खेलेका थिए भने छोरा टेक्निकल स्तरमा अघि देखिन्थे । 'बुवाले सिकाउँदा कस्तो मुभमेन्ट गर्नु हुन्थ्यो थाहा थियो,' अमृतले भने, 'मैले त्यसैको फाइदा उठाएँ ।' हीराले स्क्वास नयाँ पुस्तामा हस्तान्तरण भएको पनि बताए । महिला एकलमा हीराकी छोरी तथा अमृतकी दिदी कृष्णा -वर्ष १९) ले उपाधि जितिन् । तेस्रोपल्ट राष्ट्रिय च्याम्पियन बन्ने क्रममा उनले विपना ब्लोनलाई ११-७, ११-३ र ११-५ ले हराएकी हुन् । 'खुसी लागेको छ,' कृष्णाले भनिन्,'यस्तै प्रदर्शन गरिहरन चाहन्छु ।' छोरा र छोरीले पाएको सफलतामा हीरा निकै खुसी थिए । उनले भने,'आफूले हारेकोभन्दा पनि छोराले जितेकामा खुसी छु ।' बावुसँग खेल्नु १ घन्टाअघि अमृतले जुनियर छात्र एकलमा अर्हान्तकेशर सिंहलाई १२-१०, ११-६ र ११-४ ले हराउँदै उपाधि जितेका थिए । जुनियर छात्रा एकलमा विपना ब्लोन च्याम्पियन भइन् । उनले मञ्जिला आलेमगरलाई ११-७, ९-११, ११-५ र ११-३ ले हराइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger