Widgets

Home » , » रोजाइमा खानीडाँडा

रोजाइमा खानीडाँडा

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कैलालीको खानीडाँडा बजार तराईका बासिन्दाका लागि गर्मी छल्ने गन्तव्य बन्दै गएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पर्छ उक्त बजार । जहाँ कैलाली र कञ्चनपुरको प्रचण्ड गर्मी छल्न आन्तरिक र भारतीय पर्यटकको घुइचो लाग्न थालेको छ । कर्णाली पारिका बासिन्दा तथा भारतको पलिया र लखिमपुरलगायत स्थानका पर्यटक खानीडाँडा पुग्छन् । धनगढी, अत्तरिया र महेन्द्रनगरमा हुने आवासीय कार्यशाला, गोष्ठी र बैठक पनि खानीडाँडा सार्न थालिएको छ । गर्मी मात्र नभई जाडोमा समेत हिउँ पर्ने डडेलधुरालगायत पहाडी जिल्लाका कार्यक्रम समेत खानीडाँडा सार्न थालिएको छ । यसअघि भीमदत्त मार्गमा गुड्ने सवारीका यात्रुले बिहानको खाना खाने ठाउँका रूपमा मात्रै चिनिन्थ्यो खानीडाँडा । ‘यहाँको मौसमले खानामा रुची बढाउने भएकाले पनि सवारीधनीले खाना खाने ठाउँ बनाएका हुन सक्छन्,’ खानीडाँडाको पर्यटन प्रवद्र्धनमा सक्रिय विजय पन्तले भने, ‘सदावहार मौसम नै यसको मुख्य आकर्षण हो ।’ समुद्री सतहबाट ४ हजार फिट उचाइको खानीडाँडा नजिक कम्पासे डाँडामा भ्यू प्वाइन्ट छ । जुन १ हजार ७ सय ५० मिटर अग्लो ठाउँमा छ । भ्यु प्वाइन्टबाट तराईका फाँट र महाभारत पर्वत शृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । ‘दुरबिनको मद्धतले कर्णाली पुल महाकाली पारिका दोधारा, चाँदनी तथा वनवासा ब्यारेज देख्न सकिन्छ,’ पन्तले भने, ‘चिसो हावाले मन मस्तिकमै शीतलता भर्छ ।’ प्रचार र पूर्वाधार विकासबिना स्वस्फूर्त बन्दै गएको पर्यटकीय स्थल खानीडा“डामा राज्यको लगानी आवश्यकता रहेको उनले बताए । खानीडाँडामा पर्यटकीय विकासको सम्भावना देखेका श्याम महराले दुई वर्षअघि करिब २ करोड लागतमा रिसोर्ट सञ्चालन गरेपछि आवासीय पर्यटक आगमनको सुरुवात भएको हो । त्यसयता अन्य होटल व्यवसायी पनि लगानीको तयारीमा छन् । अहिले रिसोर्ट खुल्ने क्रम बढेको छ । खानीडाँडामा विद्युत्, शुद्ध खानेपानी र सञ्चार सुविधा नहुँदा समस्या भएको होटल व्यवसायी महराले बताए । ‘निजीस्तरबाट पनि पूर्वाधार विकासमा लगानी बढ्न सकेको छैन,’ उनले भने, ‘पूर्वाधार विकास भए खानीडाँडालाई भारतका नैनीताल र मसुरी जत्तिकै रमाइलो ठाउँ बनाउन सकिन्छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger