Widgets

Home » , » दार्चुलामा भिषण बर्षा पुनः ठूलो बाढीको त्रास पहिरोमा बृद्धाको मृत्यु

दार्चुलामा भिषण बर्षा पुनः ठूलो बाढीको त्रास पहिरोमा बृद्धाको मृत्यु

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

darchula

दार्चुला, श्रावण २९ - दार्चुलाको उत्तरी भेगमा भारी वर्षा भएको छ । दुई महिना अघि महाकाली नदीको आएको बाढीले तहस नहस हुन पुगेको दार्चुलाको जनजीवन भिषण बर्षाले फेरि अस्तव्यस्त हुन पुगेको छ । अत्यधिक बर्षा पछि आएको बाढीले विभिन्न ठाउँमा पुल र विद्यालय भवन समेत बगाएकोछ । सोमवार रातिभर परेको झरीले महाकालीको जलस्तर बढेको छ । वर्षा मंगलवार पनि जारी छ । जलस्तर बढेपछि खलंगा ५ बागावगड जाने वाटो अवरुद्ध भएको छ । गत असार ३ गते आएको बाढीले वागाबगड जाने सड्क बगेको थियो । दुई महिनापछि स्थानीयले मुश्किलले आवत जावत गर्न अस्थायी वाटो बनाएका थिए । उक्त बाटो सोमवार रातिको बाढीले बगाएपछि अहिले आवत जावत गर्न मुश्किल भएको छ । नोगाड खोलामा आएको बाढीले धुलिगडा ९ स्थित नौगडेश्वर प्रावि भवन वगाएको छ । स्थानीय मंगलसिह ठगुन्नाका अनुसार बाढीले सिप्टी १ जोड्ने झोलुंगे पुल समेत वगाएको छ । धुलिगडा ९ का मनवीरसिह ठगुन्नाको पसल बगेको छ । रिथिङ्ग खोलाको बाढीले सुनसेरा ९ तुसारपानीमा रहेको झोलुंगे पुल बगाएको छ । उक्त ठाउमा निर्माणाधीन विद्युत टर्वाइन, विजुलीका खम्बा, १५ थान पाइप, १७ थान पोलिथिन पाइप, तीन पानी घट्ट बगाएको स्थानीय प्रेमसिह धामीले बताए । बाढीले सुनसेरा ३ स्थित झोलुंगे पुल पनि वगाएको छ । पहिरोका कारण सुनसेरा ९ सीनाका २६ घर जोखिममा परेका छन् । लास्कु खोलामा बाढी आएपछि सदरमुकाम खलंगामा विद्युत सेवा अवरुद्ध भएको छ । गत असार ३ गतेको बाढीले खलंगामा स्थानियको पक्की, टहरा, सरकारी कार्यालय, मन्दिर गरी १ सय ४८ घर बगाएको थियो । अहिले १ सय ५० बढी घर बाढीको जोखिममा परेका छन् । जिल्ला विपद व्यवस्थापन समितिका अनुसार १ अर्ब ७ करोड रुपैंया बढीको क्षति भएको छ । दार्चुलाका प्रहरी नायव उपरिक्षक टिकावहादुर केसीले जिल्लाका बाढी पहिरो प्रभावित ठाउँमा प्रहरी टोली खटाइएको बताए । टोली पुगेपछि सम्पूर्ण विवरण आउने उनले बताए । महाकाली नदीमा दुई महिना अघि आएको बाढीको त्रास नहट्दै फेरि उत्तरी हिमाली क्षेत्रमा लगातार बर्षा हुन थालेपछि दार्चुला सदरमुकाम खलंगाका स्थानीय भयभित भएका छन् । पहिरोमा पुरिएर वृद्धाको मृत्यु पहिरोमा पुरिएर हिकीला ३ की ६५ वर्षीया कैला भुलको मृत्यु भएको छ । उनी हिकला गाविस २ डोलासैनस्थित गाई गोठमा सुतेका वेला सोमवार राती पहिरोमा परेकी हुन् । वृद्धासंगै गोठमा रहेका ६ वटा वाख्रा, दुई भैंसी र एउटा गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger