Widgets

Home » , , , » इपिएस फाराम बुझाउने युवा र प्रहरीबीच तनाव (भिडियोसहित)

इपिएस फाराम बुझाउने युवा र प्रहरीबीच तनाव (भिडियोसहित)

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ भदौ, काठमाडौं । कोरियन भाषा परीक्षाको आवेदन भर्ने व्यक्तिहरुको चाप अत्यधिक भएपछि प्रहरीलाई लाइन व्यवस्थापन गर्न आज बिहीबार झन समस्या भएको छ । प्रहरीले बीचमा घुसपैठ रोक्न प्रयास गरेको जनाए पनि पछि आएका व्यक्ति अगाडि घुसेको र आफूहरु कुरेको कुरै भएको भन्दै युवाहरुले आक्रोश पोखिरहेका छन् ।
प्रहरीले घुसपैठ रोक्ने उदेश्यले सानो गौरचणस्थित लाइनमा बसेका व्यक्तिलाई कुपन वितरण गरेको तर पछि माथिको आदेश भन्दै त्यो कुपनलाई मान्यता नदिएको कारण तनाव उत्पन्न भएको छ । केही युवाले मंगलबार बेलुकी ८ बजे आए पनि अहिलेसम्म आवेदन बुझाउन नपाएको गुनासो अनलाइन खबरसँग गरे ।
प्रहरीले ध्यानपूर्वक निगरानी नगरेको कारण एक व्यक्ति घुस्ने तर प्रहरीले आएर अर्को व्यक्तिलाई लाइनबाट बाहिर निकाल्ने, लाइनमा बसेको व्यक्ति पिसाब गर्न बाहिर जाने र फर्केर आउँदा प्रहरीले लाइनमा बस्न नदिने, लाइनमा नभएको व्यक्तिले पहिलेदेखि लाइन बसेको भनेर जिद्दी गर्ने जस्ता दृश्य लाइनमा देखिएका छन् ।
korea-immigrants
कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । सरकारले सिद्धार्थ वनस्थली, सानो गौचरन खेल मैदान, ल्याबरोटरी स्कुल बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकलाई हम्मे परेको देखिन्छ । बुधबार मात्र करिब १८ हजारले आवेदन दिएका थिए ।
कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) तोकेको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।
‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ, ‘षा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’
कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।
अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर (करिब २ हजार ४ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।
नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी ९एमओयू० अनुसार रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।
करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।
भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् ।
कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ,’ इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ ।
प्रहरी र युवाबीचको तनाव भिडियोमा हेर्नुहोस्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger