Widgets

Home » , » सबैलाई उछिनेर उत्कृष्ट नेपाली

सबैलाई उछिनेर उत्कृष्ट नेपाली

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

himal

काठमाडौ, श्रावण २७ - नेपाललाई भर्खरै एक युवाले संसारभर चिनाएका छन् । हिमाल श्रेष्ठ, वर्ष १७ ले विश्वव्यापी प्रतिस्पर्धामा विश्वभरका लाखौं प्रतियोगीलाई उछिनेर विश्वकै नजरमा आफूलाई उभ्याएका हुन् । अन्तर्राष्ट्रिय माइक्रोसफ्ट अफिस विशेषज्ञ प्रतियोगितामा काभ्रे जनागलका हिमालले एक्सेल २०१० तर्फ विश्वमै सर्वोत्कृष्ट भए । उनले ५३ देशबाट सहभागी २ लाख ८५ हजार प्रतिस्पर्धीलाई उछिनेर पहिलो भएका हुन् । अमेरिकाको वासिङ्टन डीसीमा अगस्ट २ मा माइक्रोसफ्टको सहकार्यमा सर्टिपोर्ट इंक नामक अनलाइन परीक्षा सेवा प्रदायक एक कम्पनीले आयोजना गरेको प्रतियोगितामा आयोजकले उनको नाम सर्वोत्कृष्ट घोषणा गर्दा उनी निकै उत्साहित भए । 'परीक्षा दिएपछिका दुई दिन निकै कौतुहल्ताले भरिएको थियो,' स्काइपमा भेटिएका हिमालले भने, 'आयोजकले मेरो नाम सर्वोत्कृष्टमा घोषणा गर्दा विश्वास गर्न केहीबेर कठिनाइ भयो ।' उनले ५ हजार अमेरिकी डलर (करिब ४ लाख ९० हजार रुपैयाँ) पाए । सफलता पाउनेबित्तिकै उनले फेसबुकमा सेयर गरेका थिए । संसारभरिका २ लाख ८५ हजार प्रतियोगीमध्येबाट छानिएका १ सय १३ प्रतियोगीले अमेरिकामा आयोजना भएको अन्तिम चरण्ामा प्रतिस्पर्धा गरेका थिए । त्यहाँ सहभागी हुँदा ब्रुनाईको समूहले उनको टेककेयर गरेको थियो । त्यही टिममा ब्रुनाईका अर्का प्रतिस्पर्धी पनि थिए । 'उनी पनि निकै अब्बल थिए,' हिमालले सुनाए, 'हामीले सँगै बसेर तयारी गरेका थियौं ।' अवार्ड सेरिमनीका दिन टप थ्रीमा आफूहरू दुवै जना पर्ने उनीहरूको आशा थियो । बिजेताले तेस्रोबाट अवार्ड विनर घोषणा गर्दै गए । 'दुई वटा घोषणा भएपछि ब्रुनाईको साथी र ममध्ये एक जना आउट हुने पक्का थियो,' उनले सुनाए, 'त्यतिखेर हामी दुवै आत्तियौं ।' अन्ततः आयोजकले हिमालकै नाम घोषणा गरे । नेपालको माइक्रोसफ्ट इनोभेसन सेन्टरले राष्ट्रिय प्रतिस्पर्धा आयोजना गरेको थियो । त्यसको जानकारी राजधानीको चेल्सी इन्टरनेसनलमा ए लेभल पढ्दै गरेका हिमाललाई उनका शिक्षकले गराएका थिए । त्यसमा कलेजबाट उनीसहित केही विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १३ देखि २२ वर्ष उमेर समूहकाले मात्र सहभागिता जनाउन पाउने थियो । प्रतिस्पर्धीले माइक्रोसफ्ट वर्ड, एक्सेल र पावर प्वाइन्टका २००७ र २०१० गरी ६ विधामा सहभागिता जनाउन सक्थे । त्यसमा करिब ५ सय जनाले परीक्षा दिएका थिए । सुरुमा हिमालले एक्सेल २०१० मा सहभागिता जनाएका थिए । 'त्यसमा मेरो १००० पूर्णाङ्कमा ९७५ अंक मात्र आयो,' उनले भने, 'त्यसले मलाई फाइनल प्रतिस्पर्धामा अरूलाई जित्न सक्दिन भन्ने लाग्यो ।' त्यसपछि उनले एक्सेल २००७ मा परीक्षा दिए । त्यसमा पूर्णाङ्क बराबर १००० अंक प्राप्त गरे । सबै विद्यार्थीमध्ये उनी सर्वोत्कृष्ट बनेका थिए । त्यही अंकका आधारमा अन्तिम प्रतिस्पर्धामा सहभागी हुन अमेरिका जान उनी छानिएका थिए । 'ए' लेभलमा उनका छनोटका विषय फिजिक्स, केमेस्ट्री, म्याथम्याटिक्स र कम्प्युटिङ हुन् । सैनिक आवासीय महाविद्यालय पोखराबाट एसएलसी गरेका उनका बाबु व्यापार गर्छन् । तीन कक्षामा पढ्दा उनको घरमा कम्प्युटरले प्रवेश पाएको थियो । 'त्यतिखेर त्यो अनौठो यन्त्रले मलाई खुबै आकषिर्त गरेको थियो,' उनले सुनाए, 'दाजुले त्यसलाई चलाएको म घन्टौं घोत्लिएर हेर्थें ।' उनी दाजुले नचलाएको मौका पारेर कम्प्युटरलाई खेल्ने साधन बनाइहाल्थे । '८ कक्षा नपुग्दै वेबसाइट बनाउन थालेको थिएँ,' उनले सम्भिmए । उनको लक्ष्य डाटा साइनटिस्ट बन्नेछ । त्यसैले प्रतिस्पर्धामा एक्सेल २०१० छानेको उनले बताए । 'एक्सेलको डाटा एनालाइसिसमा महत्त्वपूर्ण भूमिका हुन्छ,' उनले भने, 'त्यसैले मैले च्याम्पियन बन्न मात्र हैन, भविष्यमा यसमै करियर बनाउन एक्सेल छानेको हुँ ।' फाइनल प्रतिस्पर्धामा प्रतियोगीको ५० मिनेटको परीक्षा लिइएको थियो । उनीहरूलाई पि्रन्टेड र्फममा डाटा दिइएको थियो । 'तोकिएको समयमा त्यसलाई डिजिटलाइज गर्नुपथ्र्यो,' उनले सुनाए, 'संसारबाट छानिएर आएका एकसे एक प्रतिस्पर्धी भएकाले उनीहरूलाई उछिनेर अब्बल बन्नु निकै कठिन थियो ।' नेपालमा प्रतियोगिता आयोजक माइक्रोसफ्ट इनोभेसन सेन्टरका राष्ट्रिय प्रमुख आलेन बैलोचन तुलाधरले हिमालको विजयले संसारलाई नेपाल चिनाएको बताएका छन् । 'यो नेपालका लागि ऐतिहासिक विजयी हो,' हिमालले अवार्ड पाएको सुन्नासाथ उनले आफ्नो फेसबुक पेजमा लेखे, 'नेपालको हिमाल सगरमाथाले राखेको रेकर्डजस्तै प्रविधिको क्षेत्रमा हिमालले राखेको रेकर्ड सिंगो नेपालीका लागि गौरवको कुरा हो ।' हिमालले यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको क्षमताले नेपाली युवाहरू विश्वमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित भएको उनले बताए । 'नेपाली युवाको क्षमता देखाउने प्रतिस्पर्धा गर्ने अवसर पाउँदा अत्यन्त खुसी लागेको छ,' उनले भने, 'हिमालले विश्वभरिका लाखौं युवाहरूलाई उछिन्दै प्रतियोगितामा आफू उत्कृष्ट भएको प्रमाणित गरेका छन् । उनी अहिलेका नेपाली युवाहरूका लागि अनुकरणीय बन्न पुगेका छन् ।' प्रतियोगितामा सहभागिता जनाउन उनलाई लागेको सम्पूण्र्ा खर्च सेन्टरले बेहोरेको थियो । हिमालको सफलताले आफूलाई गौरवको महसुस भएका उनका बाबु पदमले बताए । 'छोराले जितेको अवार्ड राष्ट्रको सफलता हो,' उनले भने, 'उसले राष्ट्रको गौरव बढाएको छ ।' हिमालले एसएलसीमा पनि ९२.८७ अंक ल्याएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger