Widgets

Home » , » अख्तियारलाई प्रभावमा पार्ने कुशकुमारको प्रयास

अख्तियारलाई प्रभावमा पार्ने कुशकुमारको प्रयास

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२७ साउन, काठमाण्डौ । आफ्नो ट्रान्सर्फमर खरिद नगरेको झोकमा ट्रान्सर्फमर निर्माता एवं व्यापारी कुशकुमार जोशीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई जसरी पनि जेल हाल्ने योजना बनाएका छन् । चिनियाँ कम्पनीसंग ट्रान्सर्फमर खरिदको बारेमा अख्तियारले छानविन गरिरहेका बेला छानविनलाई नै प्रभावित पार्ने तरिकाले जोशीले यादबविरुद्ध प्रचार गरेको स्रोतले जनाएको छ । अख्तियारमा गरिएको प्रयास असफल भएपछि जोशी आफैले यादवविरुद्ध समाचार लेख्न लगाएका छन् । जोशीले ५ करोडको सामानलाई १२ करोड मागेपछि प्राधिकरणले खरिद अस्विकार गरेको थियो । यदि त्यरी खरिख स्वीकार गरेको भए यादव पहिला नै जेल पुगिसकेका हुन्थ्ये । तर आफ्नो ट्रान्र्फमर खरिद नगरेपछि चीनसंग गुणस्तरहीन ट्रान्सर्फमर खरिद गर्ने मूख्य योजनाकार यादव नै भएको भन्ने गलत प्रचार गर्न जोशीले विभिन्न सञ्चारमाध्यमको दुरुपयोग गरेको आर्थिक दैनिकले समाचार छापेको छ । खरिदको बेलामा कार्यकारी निर्देशहरुलाई निर्दोष बनाएर त्यतिबेलाका तल्लो तहका यादवलाई दोषी बनाउने प्रयास जोशीले आफ्नो लगानीमा गरिरहेका छन् । विहीवार नै यादवलाई अख्तियारले तत्काल हिरासतमा लिने तयारी गरेको समाचार प्रवाह गरिएपनि शनिवार राति अबेरसम्म उनलाई हिरासतमा लिइएको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger