Widgets

Home » , » अझै भरिएनन् काठमाण्डौका सपिङ मल

अझै भरिएनन् काठमाण्डौका सपिङ मल

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२७ साउन, काठमाण्डौ । युरोपको चर्चित ब्रान्ड सुभारी र रोदीमुङले दुईसाताअघि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको आफ्नो सोरुम हटाएको छ । यस्तै दरबारमार्गस्थित टाइम्स स्क्वायर मल सञ्चालनमा आएको तीन वर्ष वितिसक्दा पनि अधिकांश सटर अझै आधा खाली छन् । प्रमुख व्यापारिक केन्द्र न्युरोडको खिचापोखरीस्थित पशुपति प्लाजाका चौथो र पाँचौ तलाका आधा सटर खाली छन् । यस्तै २०६० बैशाखदेखि सञ्चालनमा आएको ललितपुरस्थित ललितपुर विशालबजार बन्द भइसकेको छ । राजधानीमा सञ्चालित केही ठूला सपिङ मल व्यवसाय घटेका यी केही उदाहरण हुन् । राजधानीका अन्य ठूला तथा साना सपिङ मलको अवस्था नाजुक छ । पछिल्लो समय राजधानीमा धमाधम सपिङ मल खुल्न थालेपछि व्यापार कम हुँदा सटर खाली हुने क्रम बढेको मल सञ्चालकहरु बताउँछन् । पाँच बर्षयता जुन गतिमा ठूला व्यापारिक केन्द्र खुल्ने क्रम बढेको छ, त्यही अनुपातमा पसलकबल खाली हुन थालेका छन् । यसले मलको लगानी जोखिममा परेको छ । राजधानीमा मात्रै तीन दर्जन बढि सपिङ मल सञ्चालनमा छन् । यी मलमा निजी क्षेत्रले अर्बा रुपैयाँ लगानी गरिसकेको छ । निर्माण भइसकेका अधिकांश ठूला मलमा व्यापारी नै नआएपछि सटर भाडामा छ सम्पर्क गर्नु होला भन्ने सूचना टाँसिएका छन् । सोचेअनुसार व्यापार नभएपछि सुभारी र रोदीमुङ सोरुमले हालै सिटी सेन्टर छाडेका हुन् । आजको कारोबार दैनिकले समाचार छापेको छ । व्यापारमा मन्दी आएर भाडा तिर्न नसक्ने अबस्था आएपनि सोरुम वन्द गरिउको सञ्चालक अखिलकुमार चापागाइँले बताए । उनले यो सोरुमलाई छिट्टै बल्र्ड ट्रेड सेन्टरमा सार्ने भएका छन् । सिटी सेन्टर व्यवस्थापन कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले २० प्रतिशत सटर खाली रहेको वताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger