Widgets

Home » , » साउनभित्रै निर्णायक वार्ता टुङ्ग्याइने

साउनभित्रै निर्णायक वार्ता टुङ्ग्याइने

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

HLPC

काठमाडौ, श्रावण २८ - उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनमा असहमत रहेका दलसँग साउनभित्रै निर्णायक वार्ता गरी टुङ्गोमा पुग्ने निर्णय गरेको छ । आगामी संविधानसभाको निर्वाचन मङ्सिर ४ गते भित्रै सम्पन्न गर्ने गरी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको मोर्चा, उपेन्द्रयादव नेतृत्व र अशोक राई नेतृत्वको मोर्चासँग यही महिनाभित्रै टुङ्गोमा पुर्‍याउने समितिले निर्णय गरेको हो । समितिको आज बिहान बानेश्वरमा बसेको बैठकले त्यसको लागि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको मोर्चा र सङ्घीय समाजवादी दलका अध्यक्ष अशोक राईको नेतृत्व रहेको मोर्चासँग समितिले भोलिनै वार्ता गर्ने निर्णय गरेको छ । त्यस्तै माओवादी अध्यक्ष वैद्य नेतृत्वको मोर्चासँग पनि सम्भव भए भोलि नै वार्ता गरिने भएको छ । बैठकले समितिमा रहेका दललगायत चुनावका सन्दर्भमा अन्य प्रक्रियालाई सबै पार्टीले सम्पूर्ण तीव्रताका साथ अघि बढाउने समझदारी पनि बनाएको छ । “सैद्वान्तिक रुपमा राजनीतिमा वार्ताको ढोका सधै खुलिरहन्छ तर अहिले चलेको वार्तालाई साउनभित्रै निर्णायक बनाउने समझदारी भएको छ, समितिसँग आएका मागका सन्दर्भमा समितिले आफ्नो धारणा बनाएपनि वार्तालाई निसर्त रुपमा अघि बढाएकोले त्यसबारेमा टेबलमा बसेरै कुरा गर्ने गरिन्छ,” बैठकपछि एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए । उनले आगामी संविधानसभाको निर्वाचन मङ्सिर ४ गतेभित्र सम्पन्न गर्ने गरी अन्य दलहरुसँग भइरहेको वार्तालाई साउनभित्रै टुङ्गो लगाउने निर्णय भएको बताउनुभयो । नेता श्रेष्ठले चुनावका सन्दर्भमा अन्य प्रक्रियालाई सबै पार्टीले तीव्रताका साथ अघि बढाउने समझदारी भएको पनि बताए । काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वको मोर्चासँग भोलिनै वार्ता गरिने भन्दै वार्ताको टेबलमा बसेर मागहरुका सन्दर्भमा छलफल गरिने बताए । नेकपा (एमाले) का नेता रघुजी पन्तले उच्चस्तरीय समितिमा रहेका दलहरुले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्दै आ–आफ्नो क्षेत्रमा निर्वाचनको वातावरण बनाउन लाग्ने र वार्तालाई छिटो टुङ्गोमा पुर्‍याउने निर्णय भएको जानकारी दिए । “निर्वाचनमा जाने दलहरुबीच वार्तामा जाँदा एउटै धारणा बनाएर जान्छौँ, वार्तामा धेरै दिन अलमिलन सक्दैनौँ, अब हामी निर्वाचनमा केन्द्रित हुन्छौँ तर मिति सार्ने बारेमा सोचेका छैनौँ,” नेता रघुजी पन्तले भने । उनले वार्तालाई निर्णायक चरणमा पु¥याएर निर्वाचनमा जाने बताए । सो बैठकमा द्वन्द्वकालमा भएका घटनाबारेमा छिटफुट घटनालाई लिएर हुने परिचर्चाका सन्दर्भमा सत्यनिरुपण तथा मेलमिलाप अध्यादेश आइसकेकाले यो प्रक्रियालाई कसरी अघि बढाउन सकिन्छ भनेर सरकारलाई आग्रह गर्ने छलफल भएको एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए । उनले द्वन्दकालमा घटेका घटनालाई बेग्लाबेग्लै रुपमा वा अरु बेग्लै ढङ्गले समाधान गर्न सकिँदैन त्यो बारेमा सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर छानबिन र आवश्यक सम्बोधन गर्नुपर्ने भन्दै त्यसको निम्ति अध्यादेश जारी भइसकेको तर त्यसमा अदालतबाट आदेश जारी भएकोले त्यस सम्बन्धमा कसरी प्रक्रिया अघि बढाउने भन्नेमा सरकारसँग आग्रह गरिने छलफल भएको बताए । बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमण र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवसँग भएको भेटवार्ताबारे सहभागी शीर्ष नेतालाई अवगत गराएका थिए

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger