Widgets

Home » , » जानै लाग्यो उनीहरूको ज्यान

जानै लाग्यो उनीहरूको ज्यान

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Adhikari

काठमाडौं, भाद्र ११ - छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै आमरण अनशनमा उत्रिएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नीको ज्यानै जान लागेको भन्दै उनीहरूको जीवन रक्षाका लागि माग पूरा गरिदिन अधिकारकर्मीहरूले आग्रह गरेका छन् । 'उनीहरू जीवनको अन्तिम क्षणमा पुगेका छन्,' मानव अधिकारकर्मी तथा पत्रकार कनकमणि दीक्षितले भने- 'कदाचित केही भएमा त्यसको जिम्मेवारी यो सरकार र यसलाई चलाउने चार दलका नेताले लिनुपर्नेछ ।' दीक्षितसहितको मानव अधिकारवादी टोलीले अधिकारी दम्पतीलाई आइतबार साँझ भेटेको थियो । वीर अस्पतालको पुरानो आईसीयूमा राखिएका उनीहरूको स्वास्थ्य जीर्ण बन्दै गएको देखेपछि कुनै पनि बेला केही पनि हुन सक्ने भन्दै बचाउका लागि अधिकारवादीले सोमबार हारगुहार गरेका हुन् । 'अधिकारी दम्पतीलाई मिडियाकर्मीले भेट गर्न नपाउने गरी सुरक्षाकर्मीको निगरानीमा अस्पतालमै हिरासतजस्तो गरी राखेको छ सरकारले,' दीक्षितले भने,'हामीले भेट गरेर अनशन तोड्नुस्, ज्यान भए पो न्याय पाइन्छ त भन्दा कुन आधारमा तोड्ने भनेर सोधे ।' नन्दप्रसादको शरीर दुब्लाएर हाडछाला मात्रै बाँकी भएको र उनकी पत्नी गंगामायाचाहिँ केही दिनदेखि अर्धअचेत अवस्थामा पुगेको अधिकारकर्मीहरूले बताए । उनीहरूका अनुसार अधिकारी दम्पती दुवैको शरीरको नसा अति पातलो भएकाले स्लाइन पनि दिन नमिल्ने भएको छ । 'घाँटीमा सानो प्वाल पारेर प्रोटिनसहितको खानेकुरा दिनु नै एकमात्र विकल्प जस्तो देखियो,' दीक्षितले भने,'तर त्यसका लागि पनि अधिकारी दम्पती तयार भने छैनन् ।' अधिकारी दम्पतीले आमरण अनशन गरेको सोमबार तेत्तीस दिन पुगेको छ । ९ दिनसम्म अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारअघि सडकपेटीमै अनशन थालेका उनीहरू अचेत भएपछि सरकारले वीर अस्पताल लगेर भर्ना गरिदिएको थियो । अस्पतालमा पनि केही खान नमानेका उनीहरूको चिकित्सकहरूले स्लाइन दिएर प्राण जोगाइरहेका छन् । अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वषर्ीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै अनशनमा बसेका उनीहरूको ज्यान 'कुनै पनि बेला जान सक्ने' अधिकारवादीहरूको ठम्याइ छ । बाबुराम प्रधानमन्त्री हुँदा हिसिला यमीकी पीए जानुका पौडेल, छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीलगायत विरुद्ध नन्दप्रसादले किटानी जाहेरी दिएका छन् । तर त्यसविरुद्ध केही नभएको भन्दै पटक-पटक आन्दोलनमा उत्रेका उनीहरूलाई सरकारले गत जेठ ३१ गते मानसिक अस्पतालमा लगेर भर्ना गरिदिएको थियो । त्यसको तीव्र विरोध भएपछि उनीहरूलाई अस्पतालले कुनै मानसिक रोग नभएको भनेर छाडेपछि अधिकारी दम्पती सीधै बालुवाटरमा गएर आमरण अनशनमा बसेका थिए । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई साउन २८ गते पत्र लेखी कृष्णप्रसाद हत्याको तुरुन्त अनुसन्धान गर्न भनेको थियो । त्यसको भोलिपल्टै चितवन प्रहरीलाई सरकारले अनुसन्धान गर्न आदेश दिएको थियो । 'तर आदेश दिए पनि काम भने यतिका दिनसम्म केही भएको छैन,' नन्दप्रसादलाई उद्धृत गर्दै दीक्षितले भने,'जहिल्यै हामीलाई झुलाउने काम मात्रै भयो, न्याय नदेखी जाने भयो यो चोला !'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger