Widgets

Home » , » विमानस्थलमा सेवाग्राही मारमा

विमानस्थलमा सेवाग्राही मारमा

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Immigration

काठमाडौ, भाद्र ११ - अनियमितता अभियोगमा अख्तियारद्वारा अध्यागमनका केही कर्मचारी पक्राउ परेपछि सम्बन्धित मन्त्रालयले उचित व्यवस्थापन नगर्दा त्रिभुवन विमानस्थलमा सेवाग्राही मारमा पर्न थालेका छन् । विमानस्थल डेस्क (पासपोर्ट र भिसा जाँच) मा काम गर्ने अध्यागमनका ६५ कर्मचारीमध्ये १८ जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो । कर्मचारी व्यवस्थापन हुन नसक्दा पासपोर्ट, भिसा, श्रम स्वीकृति जाँच लगायतमा समय लाग्ने गरेको छ । प्रस्थानतर्फका १६ वटा डेस्कमध्ये हाल ८ वटा मात्रै सञ्चालनमा रहेको कार्यालय प्रमुख दिनेश भट्टराईले बताए । त्यस्तै आगमनतर्फ ४ वटा भिसा डेस्कसहित १२ वटा रहेकामा भिसाका २ र 'एराइभल' का ५ वटा मात्रै सञ्चालनमा छन् । चेकिङमा ढिलाइले उडानसमेत प्रभावित हुने गरेको छ । आइतबार 'एयर अरबिया' को जहाज ४५ मिनेट र 'फ्लाई दुबई' को विमान आधा घन्टा ढिलो उडेको स्रोतले बतायो । चेकिङ छिटो गरिदिनुपर्‍यो भन्दै एयरलाइन्सहरूले अध्यागमन प्रमुखलाई भनसुनसमेत गर्न थालेको पनि स्रोतले जनाएको छ । अन्य मुलुकबाट आएका विदेशी पनि भिसा लगाउन धेरैबेर लाइन बस्न बाध्य छन् । सोमबार मध्याह्न अमेरिकन नागरिक भिसा लगाउन लाइन बसेकै बेला 'ढलेका' थिए । उनलाई उपचार गर्न नर्भिक अस्पताल लगिएको थियो । कर्मचारी नभएका डेस्कमा 'क्लोज' लेखिएको बोर्ड राखिएको छ । डेस्कले नेपाल बाहिर जानेलाई 'डिपार्चर' र आउनेलाई 'एराइभल' स्वीकृत दिएर स्टिकर लगाइदिने गर्छ । काम प्रभावित भएपछि नियन्त्रणमा लिएका कर्मचारीका सट्टा अरूलाई पठाउन खोज्दा जान नमान्ने गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger