Widgets

Home » , » एमटीभीमा छाए जस्टिन

एमटीभीमा छाए जस्टिन

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

justine bieber

युवाहरूको ओस्कारका रूपमा हेरिने एमटीभी भिडियो म्युजिक अवार्ड यसपालि परर्फमेन्सका कारण बढी चर्चामा रह्यो । सबैभन्दा महत्त्वपूर्ण विधा भिडियो अफ द इयरमा 'मिरर्स' गायक जस्टिन टिम्बरलेक अगाडि आए । उनले ब्रनो मार्स, रोबिन थिके, टेलर स्विफ्टलाई पछि पार्दै अवार्ड चुमे । तर ब्रुनो र टेलर पनि हात खाली भने भएनन् । ब्रुनोलाई 'लक्ड आउट अफ हेभन' गीतले उत्कृष्ट गायक भिडियोको अवार्ड दिलायो भने टेलरलाई 'आई न्यु यू वेयर ट्रबल' का लागि उत्कृष्ट महिला भिडियोको । न्युयोर्क सिटीको बारक्लेज सेन्टरमा एमसीबिनै चलेको समारोहमा जस्टिन नै छाए । माइकल ज्याक्सनमा समर्पित 'भ्यानगार्ड अवार्ड' समेत जितेका उनले म्युजिक भिडियो सम्पादन र निर्देशनमा पनि अवार्ड थाप्नुअघि एकल प्रस्तुति पनि दिए । तर अवार्ड वितरण 'सङ अफ द समर' का लागि वन डिरेक्सन ब्यान्डलाई उत्कृष्ट घोषणा गर्दा हुटिङ भयो । सहभागीले उक्त विधाका लागि उक्त पप-ब्वाई ब्यान्ड उपयुक्त नहुने भन्दै होहल्ला गरेका थिए । अवार्ड पाएर पनि खुसी मनाउन नपाएको ब्यान्डलाई लेडी गागाले ब्याकस्टेज गएर ढाडस दिएकी थिइन् । परर्फमका लागि सीमित पोसाकमा रहेकी गागाले ब्यान्ड मेम्बरअघि गएर भनिन्, 'तिमीहरू हरेक कोणबाट अवार्डको हकदार छौ । मलाई यहाँ एकछिन पनि बस्नु छैन, मलाई सबै निराश भएको ठाउँमा बस्न मन पर्दैन ।' 'कम एन्ड गट इट' गायिका सेलेना गोमेजले पप भिडियोमा एमटीभी अवार्ड जितेको कार्यक्रममा उत्पात भने माइली साइरसले मच्चाइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger