Widgets

Home » » अनिता भइन् ग्ल्याम हन्ट

अनिता भइन् ग्ल्याम हन्ट

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

काठमाडौ, श्रावण २० - परिचय राउन्डमै उनले भनेकी थिइन्, 'म बेस्ट होइन तर बेस्ट गर्ने प्रयास गर्छु ।' जोय पपाया सन ग्ल्याम हन्ट-२०१३ को फाइनल राउन्डसम्म आइपुग्दा उनै अनिता आचार्यले शनिबार साँझ सोल्टी क्राउन प्लाजामा शीर्ष उपाधि चुम्दै गर्दा दर्शकले बाग्लै तालीबाट साथ दिए । कान्तिपुर साप्ताहिकले गरेको प्रतियोगितामा उनले ९ सहभागीलाई पछि पार्दै ताज पहिरेकी हुन् । बेस्ट स्माइल र भ्युअर च्वाइसको अवार्डसमेत हात पारेकी उनले ५० हजार रुपैयाँ शीर्ष ताजबापत र २१ हजार रुपैयाँ भ्युअर च्वाइस अवार्डबापत हात पारिन् । योसँगै उनले पपाया कम्पनीका लागि एक वर्षको 'ब्रान्ड एम्बास्डर' हुने अवसर समेत कुम्ल्याएकी छन् । भविष्यमा व्यापार व्यवसाय गर्ने सोच बनाएकी अनिताले केही फिल्म र म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन् । उनलाई पच्छ्याउँदै आसिस्मा नकर्मी फस्ट रनरअप र सपना अधिकारी सेकेन्ड रनरअप भइन् । उनीहरूले ताजसँगै क्रमशः २५ हजार रुपैयाँ र ११ हजार रुपैयाँ हात पारे । अदिति बुढाथोकीले बेस्ट स्किन, रेखा पुरीले बेस्ट पर्सनालिटीको उपाधि जिते । 'परिचयात्मक', 'प्रश्नोत्तर', 'सिजन्स' र मेच्युरिटी रिपेन राउन्ड गरी चार राउन्डमा सम्पन्न प्रतियोगितामा मोडलहरूले छुट्टाछुट्टै थिममा फेसन शो गरेका थिए । परिचयात्मक राउन्डअघि 'बड एन्ड फ्लावर' थिममा मोडलहरूले बाल्यकाल झल्कने फेसन शो गरेका थिए, जसअन्तर्गत मोडलहरूले सिफन, सिल्क लगायत कपडाले बनेका वनपिस लगाएका थिए । हल्का शीतल रंगको प्रयोग गरिएको यो चरणमा उनीहरूको परिहन र अनुहारको हाउभाउले निर्दोष बालपन प्रकट गथ्र्यो । दोस्रो चरणमा रातो, पहेँलो र हरियो रंगको संयोजन गरिएका गाउनमा मोडलहरू प्रस्तुत भए । गाउनमा उनीहरू बोल्ड र स्मार्ट देखिएका थिए । मेच्युरिटी राउन्डमा चाहिँ फेसनेवल सारी पहिरिए । यस राउन्डमा पनि पहेँलो र रातो रंगमै खेलिएको थियो । सारीमा बिरालो चाल चालिहरेका मोडल ग्ल्यामरस देखिन्थे । मोडलहरूको आत्मविश्वास, क्षमता, सौन्दर्य र बौद्धिकताको मूल्यांकन गर्न निणार्यकमण्डलमा नायक राजेश हमाल, करिश्मा मानन्धर, ब्युटिसियन स्नेहा राणा, रविनादेशराज श्रेष्ठ, फोटोग्राफर राजीव श्रेष्ठ, फेसन डिजाइनर विश्व गौतम लगायत थिए । कार्यक्रममा राजेशपायल राई, प्रमोद खरेल, आस्था राउत, जितु नेपाल, मनोज गजुरेल लगायतले प्रस्तुति दिएका थिए । इभेन्ट म्यानेज्मेन्ट गरेको थियो ई-प्लानेटले ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger