Widgets

Home » , » सिरहा घटनालाई धार्मिक रंग नदिन सरकारको आहृवान स्थिति प्रहरी नियन्त्रणमा

सिरहा घटनालाई धार्मिक रंग नदिन सरकारको आहृवान स्थिति प्रहरी नियन्त्रणमा

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ साउन, काठमाडौं । सरकारले सिरहामा उत्पन्न भएको विवादलाई धार्मिक एवं जातीय रंग नदिन आहृवान गरेको छ । सामाजिक जनजीवनमा असहमति वा मतभिन्नतालाई आपसी छलफल, वार्ता तथा कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने भन्दै मन्त्रिपरिषद्का अध्यक्षको निजी सचिवालयले विज्ञप्तिमार्फत भनेको छ-’कुनै पनि विवादलाई धार्मिक वा जातीय विषयवस्तुसँग नजोडी त्यस्तो विवादलाई समाधान गर्नेतर्फ अग्रसर हुन सम्बद्ध सबैलाई हार्दिक आग्रह गरिएको छ ।’ मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले यसप्रकारको घटना भविष्यमा नदोहोरिने र आज भएको घटनाको यथाशीघ्र समाधान गर्नेतर्फ सम्पूर्ण स्थानीयबासीलाई आहृवान गर्नु भएको छ । यस्तै प्रहरी प्रधान कार्यालयले पनि हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरुलाई संयम अपनाउन र आपसी सद्भाव कायम राख्न अनुरोध गरेको छ । सिरहामा स्थानीय व्यक्तिवीच तनाब हुँदा शुक्रबार स्थानीय प्रशासनले कफ्र्युसमेत लगाउनुपरेको छ । अहिलेस्थिति सुरक्षाकर्मीको नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बोलबम यात्रामा हिँडेकी महिलालाई साउन १९ सिरहाको सारस्वर गाविसका केही युवाले जिस्काएको निहुँमा तनाव भड्केको हो । विवादका क्रममा २२ गते ४ जना घाइते हुने गरी दुईपक्षीय झडपसमेत भएको थियो । झपडको विषयलाई लिएर शुक्रबार आफूलाई हिन्दू बताउने करिब २ हजार व्यक्ति मुस्लिम बस्तीमा छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेर तितर-वितर पारेको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ । प्रहरीका अनुसार तितरवितर पारिएको भीड फेरि भेला भई परालको कुन्युमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले ८ राउन्ड टियर ग्याँस र हवाइ फायर गरेको थियो । प्रहरी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार मुस्लिम वस्तीका जनतालाई घरभित्रै रहन आग्रह गर्दै प्रहरीले निशेधाज्ञा जारी गर्नुका साथै हिन्दूहरुको भीडलाई तितर-वितर पारेको छ । प्रहरीका अनुसार फुसको घरमा आगो लगाउने कार्यमा संलग्न १७ जना पक्राऊ परेका छन् । पक्राऊ परेका मध्ये रामप्रसाद मुखियाका साथबाट एउटा कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । आगलागीपछि लाहानबाट दमकल पठाइ प्रहरी र दमकलको सहायताले आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी, पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतका अधिकृतहरु घटनास्थलमा शुक्रबार दिनभरि तैनाथ रहेका थिए । नेपाल प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा २ सय २८ जना र सशस्त्र प्रहरीको सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा २ सयजना घटनास्थलमा तैनाथ अवस्थामा रहेको र पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गणबाट प्रहरी उपरीक्षकको कमाण्डमा ४४ जनाको टोली घटनास्थलमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger