Widgets

Home » , » सोफियाद्वारा श्रेयाको कीर्तिमान भंग

सोफियाद्वारा श्रेयाको कीर्तिमान भंग

Written By sangalo on Tuesday, August 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, काठमाडौं । यूएईको दुबईमा भइरहेको चौथौं फिना जुनियर विश्व पौडी च्याम्पियनसिपमा नेपाली पौडीको क्षेत्रमा उदाउंदै गरेकी प्रतिभावान खेलाडी सोफिया शाहले १०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । सोफियाले श्रेया धितालले काठमाडौंमा यसै वर्ष सम्पन्न १८ औं खुला पौडी प्रतियोगितामा राखेको १ मिनेट ०९.८२ सेकेन्डको समयमा सुधार गर्दै १ मिनेट ०७.२३ सेकेन्डका साथ उक्त कीर्तिमान भंग गरेकी हुन् । यो रेकर्ड सहित सोफियाको नाममा तीन राष्ट्रिय रेकर्ड भएको छ । सोफियाले यसै वर्ष स्पेनको बार्सिलोनामा सम्पन्न १५ औं फिना विश्व पौडी च्याम्पियनसिपमा पनि दुई राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी थिइन् । उनले उक्त प्रतियोगितामा ५० र २०० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । अब सोफियाले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger