Widgets

Home » , » तन्नेरीमा यौनरोग डरलाग्दो गरि बढ्दै

तन्नेरीमा यौनरोग डरलाग्दो गरि बढ्दै

Written By sangalo on Tuesday, August 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पछिल्लो दश वर्षमा युवायुवतीहरुमा यौन संक्रामक रोग ५० प्रतिशतले बढेको पाइएको छ । बेलायतमा गरिएको अध्ययनले पछिल्लो दश वर्षमा २५ वर्ष मुनिका युवायुवतीमा यौनरोगको दर ५० प्रतिशतले बढेको देखाएको हो ।
111
विज्ञहरुका अनुसार यौन रोग मध्ये गोनोरिया वा सुजाक मात्र संक्रमित हुने युवायुती ह्वात्तै बढेका छन् । पछिल्लो एक वर्षमै गोनोरियाको संक्रमण पाँच गुणाले बढेको पाइएको छ । यौन रोगको संक्रमण बढ्दै जाँदा रोगका औषधि प्रतिरोधी जिवाणु प्रजातिको समेत विकाश हुँदै गएको र त्यस्ता जिवाणुलाई एन्टिबायोटिक्सले समेत कुनै असर नपार्ने हुनाले जोखिम निकै चुलिएको हो ।
बेलायती युवाहरुमा देखिएका अन्य मुख्य यौनरोगमा क्लेमाइडिया, हर्पेस तथा यौनांगमा फोका आउने लगायतका छन् । बेलायतमा गएको वर्ष झण्डै साढे ४ लाख जना नयाँ यौनरोगी युवाहरु थपिए । यो संख्या सन् २०११ को भन्दा ५ प्रतिशत र सन् २०१३ को भन्दा ४६ प्रतिशतले बढि हो ।
विज्ञहरुका अनुसार खासगरि २० वर्षको उमेर आसपासका युवायुवतीहरुमा असुरक्षित सेक्सको चलन बढ्दै गएको छ । आलोचकहरुले सरकारको यौनशिक्षा नीतिको अप्रभावकारीताका कारण यस्तो भएको बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger