भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपालमा अहिले गाइजात्राको मौसम छ । नेताहरुलाई मनग्गे गाली गरिएको छ । बोली तथा पहिरनका माध्यमबाट क्यारिकेचर गर्दै नेताहरुलाई गालि गरेर कलाकारले तालि पाउँछन् । तर गाइजात्रा हामीकहाँ मात्र कहाँ रहेछ र रुसमा पो साँच्चीकै गाइजात्रा आएछ ।
रुसमा राष्ट्रपति भ्लादमिर पुटिनले मिनिस्कर्ट लगाएका छन् । मिनिस्कर्ट को त के कुरा भयो र ? प्रधानमन्त्री दिमित्री मेदभेदेभले त ब्रा र पेन्टी नै पहिरिएका छन् । ब्रा पेन्टी लगाएका मेदभेदेभलाई पुटिनले सिँगारिरहेका छन् र कपाल मुसारिदिएका छन् ।
विश्व हल्लाउने ती चर्चित नेताको हालत कसरी यस्तो भयो ? वास्तवमा एक जना कलाकारले यिनीहरुको यस्तो हालत बनाइदिएका हुन् । कलाकार कोन्स्टान्टिन अल्टुनिनले पुटिन र मेदभेदेभको यस्तो अनौठो पेन्टिङ तयार पारेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ । उनले व्यंगात्मक रुपमा बनाएको यो पेन्टिङले कानून मिचेको भन्दै सरकारले त्यो पेन्टिङ जफत समेत गरेको छ ।
भँडुवा शीर्षकमा अल्टुनिनले तयार पारेको उक्त आपत्तिजनक पेन्टिङ अतिवादी भएको निष्कर्ष सरकारले निकालेको छ । अगष्ट २६ को मध्यरातमा सेन्ट पिटर्सवर्ग स्थित मुजेइ ब्लास्ती नामक आर्ट ग्यालरीमा छापा मारेर प्रहरीले ती कलाकारका विभिन्न पेन्टिङ नियन्त्रणमा लिएको छ । त्यो मात्र नभएर पुटिनका अन्य आपत्तिजनक पेन्टिङ समेत जफत भए । जसमध्ये एकमा पुटिनको अनुहारभरि फोहोर पारिएको छ भने अर्कोमा उनका सिङ बनाइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.