Widgets

Home » , » नेपाल टेलिकमका ५ इन्जिनियर भ्रष्टाचारमा मुछिए अख्तियारद्वारा पक्राऊ गर्ने आग्रसहित विशेष अदालतमा मुद्दा

नेपाल टेलिकमका ५ इन्जिनियर भ्रष्टाचारमा मुछिए अख्तियारद्वारा पक्राऊ गर्ने आग्रसहित विशेष अदालतमा मुद्दा

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्रधिकरणमा ट्रान्सर्फमर खरिद प्रकरणमा भएको घुस प्रकरणमा मुद्दा चलाएको एक साता नबित्दै नेपाल टेलिकमका ५ इन्जिनियरविरुद्ध एयर कण्डिसन (एसी) खरीदमा भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ५ करोड ११ लाख ८० हजार ६ सय ७० रुपैयाँ ९० पैसा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर राजेन्द्र महर्जन, रामनरेश सिंह कुंवर, अनिल कुमार आचार्य, असिस्टेन्ट इन्जिनियर पदमा कार्यरत श्रीकृष्ण भुजेल र भाइकृष्ण महर्जनविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुलाई पक्राऊ गरी कारवाही चलाउन माग गरिएको छ । एसी निर्यात गर्ने आकृति इन्टरनेशनका एक नेपाली र एक भारतीयसमेत अख्तियारमा तानिएका छन् । नेपाल दूर सञ्चार कम्पनी -नेपाल टेलिकम) लाई ४० किलोवाट एसी र त्यसमा प्रयोग हुने आर ४१० ए ग्यास आपूर्तिमा अनियमिता भएको अख्तियारको आरोप छ । आर ४१० ए ग्यास र सो संग कम्पाटेवल एसी को सट्टा ए २२ ग्यास र सोसँग कम्पाटेवल एसी आपूर्ति गरी स्पेसिफिकेसनमा भए बमोजिमकै मालसामान आपूर्ति गरेको भनी गतल प्रतिवेदन बुझाई दूर सञ्चार कम्पनीलाई ५ करोड ११ लाख ८० हजार ६ सय ७० रुपैयाँ ९० पैसा सरकारी रकम हानी पुर्‍याएको अख्तियारको आरोप छ । सम्झौता विपरीतको मालसामान आपूर्ति गर्ने चिनियाँ कम्पनीको नेपालस्थित स्थानीय प्रतिनिधि आकृति इन्टरनेशनल अध्यक्ष नवराज राउत र जनरल मेनेजर भारतीय नागरिक पंकज कुमार वान्थियाविरुद्ध पनि मुद्दा दायर भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger