Widgets

Home » » यसरी गरौं अनलाइन फोटो एडिट

यसरी गरौं अनलाइन फोटो एडिट

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सामाजिक सञ्जाल तथा इमेल गर्न तपाईंले खिचेका तस्बिरको आकार घटाउनुपरेको खण्डमा के गर्ने ? हामी सबैले आफूले खिचेका तस्बिरको आकार घटाउन साथै तस्बिर खिच्दा भएका असावधानिका कारण उत्पन्न परिणाम हटाउन फोटोसप नामक सफ्टवेयर चलाइरहेकै छौं, तर यात्रामा वा घरभन्दा बाहिर कम्प्युटर चलाउँदा त्यहाँ फोटोसप उपलब्ध नहुन सक्छ। यस्तो अवस्थामा फोटो एडिट गर्न अनलाइन फोटो एडिटिङ टुलहरू प्रयोग गर्न सकिन्छ। 

इन्टरनेटमा यस्ता विभिन्न वेबसाइट तथा अनलाइन सफ्टवेयरहरू छन् जसको प्रयोग गरेर फोटो एडिट गर्न सकिन्छ। फोटो एडिटका लागि फोटोसप जस्तै निःशुल्क फोटो एडिट गर्ने अनलाइन सफ्टवेयर हो- पिक्स्लर। पिक्स्लरको वेबसाइटमा गएर आफ्नो तस्बिरलाई मनलागेको तरिकाले सम्पादन गर्न सक्नुहुन्छ। यसमा रहेका सबै टुल र काम गर्ने तरिका सबै फोटोसपको जस्तै छन्। यसमा कुनै पनि तस्बिर चाहे त्यो कुनै वेबसाइटमा रहेको होस् वा कम्प्युटरमा त्यसलाई सम्पादन गर्न सेभ गरेर राख्न वा अनलाइनमा नै पि्रन्ट गर्न सकिन्छ।

यसमा साइन इन गरिसकेपछि तस्बिर भण्डारण गर्ने तथा पुराना कामहरू सेभ गरेर राख्न सकिन्छ। यो साइट एक दर्जनभन्दा बढी भाषामा उपलब्ध छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger