Widgets

Home » , » प्रचण्डको गाडी विमानसम्मै पुग्न पाउने

प्रचण्डको गाडी विमानसम्मै पुग्न पाउने

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाण्डौं । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई अन्य पूर्वप्रधानमन्त्रीले पाउँदै आएको मृत्युपछिको सलामी सम्मानबाट बन्चित गरिएकै बेला अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने बिमानको ढोकासम्म आफ्नै गाडीमा जान दिइएको छ ।
prachandaएमाओवादी अध्यक्ष दाहाल शुक्रबार भैरहवा जाने क्रममा आफ्नै गाडीमा जहाजको ढोकैसम्म पुगे । तर उनी शनिबार बिहान काठमाण्ठडौं र्फकदा भने यो प्रकरणले ठूलै रुप लियो । विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले दाहाल र्फकदा उनको गाडीलाई ढोकैसम्म जान नदिन सुरक्षाकर्मीलाई आदेश दिएका थिए ।
कुनै पनि पूर्वप्रधानमन्त्रीलाई आफ्नो गाडीमै चढेर दलबलसहित जहाजसम्म जान दिने नियम छैन । उनीहरुलाई भीआईपी कक्षमा राखेर ‘फलो मी’ नामाकरण गरिएको गाडीमा राखेर जहाजसम्म पुर्‍याउने गरिन्छ । तर दाहालको हकमा यो लागू भएको छैन । यसपटक लागू गर्ने प्रयत्न भएपछि सुरक्षा निकायले नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।
आफ्नो गाडी जहाजसम्म पुग्नबाट रोक्न लागिएको जानकारी दाहालले भैरहवामा पाएछन् । त्यसपछि उनका सुरुक्षा प्रमुखका रुपमा खटिएका पूर्वलडाकु कमाण्डर सन्त दराईले नेपाल प्रहरीका आइजीपी कुबेरसिंह रानालाई फोन गरी जहाजको ढोकासम्म गाडी जान रोकिनुको कारण सोधेछन् । त्यसलगत्तै आइजीपी रानाले डीआईजी भण्डारीलाई फोन गरी दाहालको गाडी नरोक्न आदेश दिएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger