Widgets

Home » » शीर्षस्थानमा पर्छन् लन्डनमा नेपाली रेस्टुरेन्ट

शीर्षस्थानमा पर्छन् लन्डनमा नेपाली रेस्टुरेन्ट

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

london map

लन्डन, श्रावण २० - लन्डनबाट २ सय ८० माइल टाढा रहेको पर्यटकीय सहर कर्नवालमा रेस्टुरेन्ट चलाइरहेका राजु आचार्यको व्यस्तता अचेल निकै बढी छ । स्कुल बिदा र समर सिजनसँगै बढ््दो गर्मीले समुद्र छेउको उनको रेस्टुरेन्ट मालामाल छ । ५२ सिट क्षमताको रेस्टुरेन्टमा दैनिक सयभन्दा बढीले खान्छन् । होलिडे स्पट र क्याराभानका लागि दैनिक सयजनालाई 'टेक वे' खाना मात्र उपलब्ध गराउँछ रेस्टुरेन्टले । 'शनिबार आइतबार करिब ३ सयसम्मलाई ख्वाइन्छ,' एक दशकयता कर्नवालमा काठमाडौं प्यालेस रेस्टुरेन्ट चलाइरहेका आचार्यले भने, 'यतिखेर निकै व्यापार वृद्धि भएको छ ।' बेलायतको लोकपि्रय पत्रिका इन्डिपेन्डेन्टको सर्वेक्षणमा टप ५० मध्ये १६ औं स्थानमा पर्न सफल उक्त रेस्टुरेन्टमा ग्राहक बढ्नुमा समर सिजन र गुणस्तरीय खाना ठान्छन् आचार्य । कर्नवालमै सञ्चालित नेपालीका अरू चार रेस्टुरेन्टले समेत उच्च व्यापार गरिरहेको आचार्यले जनाए । उता, डोभर समुद्री तट नजिक आसफोर्ड र हाइथमा बेग्लाबेग्लै चालु एभरेस्ट इन रेस्टुरेन्टको व्यापारसमेत ३० प्रतिशत बढी छ । 'नियमित ग्राहकबाहेक घुम्न आउनेहरूले रेस्टुरेन्ट भरिभराउ छ,' एभरेस्ट इन समूहका प्रबन्ध निर्देशक पशुपति भण्डारीले कान्तिपुरसँग भने, 'दैनिक सयभन्दा बढीलाई खाना ख्वाउँदा एकछिन फुर्सद हुँदैन्, व्यापार वृद्धिले कामदारसमेत थप्नुपरेको छ ।' समुद्रतिर ओइरिनेहरूलाई निःशुल्क खाना चाख्न दिएर पनि रेस्टुरेन्टले ग्राहक आकषिर्त गरिरहेको छ । अरू थप कारण छन् यो रेस्टुरेन्ट चल्नुमा । राजकुमार चाल्र्ससमेत संरक्षक रहेको जिमी मिजेन फाउन्डेसनसँग निकट भएर काम गरिरहेको उक्त रेस्टुरेन्टले १८ जना बेलायती नागरिक तथा तन्नेरीलाई नेपाल घुम्न आंशिक प्रायोजन गरेकाले पनि प्रतिष्ठा बढेको सञ्चालकको बुझाइ छ । त्यसो त अभिनेत्री जोआना लुम्ली, थुप्रै हलिउड बलिउड सेलिब्रेटीहरूको रोजाइमा पर्ने उक्त रेस्टुरेन्टमा पूर्व अध्यागमनमन्त्री डेमियन गि्रन भान्सामै गएर खाना पकाएपछि यसको लोकपि्रयता अरू बढेको सञ्चालकको दाबी छ । आर्थिक मन्दीले अरू बेला 'सर्भाइभ' मात्र भइरहेका सी साइडका नेपाली रेस्टुरेन्ट अहिले भने व्यस्त छन्् । जुलाईदेखि सेप्टेम्बरसम्म पिक सिजन हो उनीहरूको । लन्डनभन्दा सी साइडका रेस्टुरेन्टमा खानाको मूल्य करिब १५ प्रतिशत महँगो भए पनि ग्राहक संख्या झन् बढेको छ । समर सिजनको सुरुवातसँगै बढ्दो गर्मीले यसपटक बि्रटेनका होटल, रेस्टुरेन्टको व्यापार अकासिएको छ । बेलायतको बजेट होटल चेन 'ट्राभलज' को पछिल्लो तथ्यांकमा होलिडे मनाउने ग्राहक गत वर्षभन्दा यसपटक ४१ प्रतिशतले बढेका छन् । बेलायतका प्रमुख गन्तव्यमा बास बस्ने बेलायतवासीको संख्या ४ करोड नाघेको तथ्यांक छ । ती चर्चित टप २० गन्तव्यमा लन्डन, एडिनवरा, लेक डिस्टि्रक्ट, कर्नवाल, स्कटिस हाइल्यान्ड, डोरसेट, डेभोन, नर्थ वेल्स्, ब्ल्याक पुल, योर्क, योर्कसायर डेल्स्, साउथ वेल्स्, पिक डिस्टि्रक्ट, आइल अफ वाइट, न्यू क्यासल, सोमरसेट, म्यानचेस्टर, लिभरपुल मर्सी साइड, कोट्सवोल्ड्स र बर्नमोथ छन् । यी गन्तव्यमा होलिडे मनाउँदा बेलायतको अर्थतन्त्रमा यस वर्ष करिब १२ बिलियन पाउन्ड योगदान गर्ने अनुमान छ । त्यसो त यस वर्ष बि्रटेनमा अत्यधिक गर्मी बढ्यो । मेट अफिसको तथ्यांकमा गत बिहीबार यस वर्षकै अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस् मापन भएको थियो, जुन मुम्बईभन्दा अधिक हो । अधिक गर्मीकै कारण होलिडे बिताउनेको संख्या बढेको छ । तर, लन्डनमै भने व्यापार मन्दी छ । नेपलिज क्याटरिङ एसोसिएसन यूके अध्यक्ष विजय थापाले समर सिजनमा बढ्दो गर्मीका कारण घुम्नेहरू समुद्री किनार वा अन्यत्रै होलिडे जाने हुँदा मुख्य लन्डनको व्यवसाय भने सन्तोषजनक नभएको बताए । 'ग्राहकहरू रेस्टुरेन्टभन्दा बरु पवतिर झुम्मिने भएकाले हामीलाई यो सिजनमा मार पर्छ,' २३ वर्षयता लन्डन पट्नीमा मुनाल तन्दुरी रेस्टुरेन्ट चलाइरहेका थापाले भने । सन् १९७६ देखि रेस्टुरेन्ट व्यवसायमा संलग्न धु्रव केसीले पनि यतिखेर व्यवसायमा मन्दी आएको अनुभव गरेका छन् । सन् १९९९ यता वेम्ली स्टेडियम सामुन्ने वेम्ली तन्दुरी रेस्टुरेन्ट चलाइरहेका केसीले स्टेडियममा नियमित हुने इभेन्ट्सले व्यवसाय 'सर्भाइभ' भए पनि समग्रमा बीस प्रतिशतसम्म घटेको जनाए । लन्डनबाहिर फार्नवोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टका सञ्चालक सूर्य गुरुङलाई भने यो समरमा मन्दी खेप्नु परेन । उनको रेस्टुरेन्टअगाडि प्रत्येक दुई वर्षको अन्तरालमा एयर सो हुने भएकाले इभेन्ट्सका बेला आसपासका रेस्टुरेन्ट बढी चल्ने गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger