Widgets

Home » , » शशांकलाई पनि अख्तियारकै पिलो

शशांकलाई पनि अख्तियारकै पिलो

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२८ साउन, काठमाण्डौ । कोइराला परिवार र विश्ववनधु थापाको परिवारवीचको एक शताब्दी पुरानो मित्रता नाता सम्बन्धमा परिणत भएको छ । बीपी कोइरालाकी नातिनी र विश्वबनधु थापाका नातिवीच विवाह सम्पन्न भएपछि यी दुई परिवारवीचको घनिष्ठता झन् सघन भएका हो ।sashanka-koiralaकोइराला परिवारले सानैदेखि पालन पोषण र शिक्षा दिक्षा दिएर हुर्काएका थापाले राजा महेन्द्रसंग मिलेर बीपी कोइरालालाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी जेलमा थुनाएका थिए ।
तर पनि कोइराला परिवारको बढि घनिष्ठता भएका कारण विश्वबन्धुलाई राजाले राष्ट्रिय पञ्चायतको अध्यक्ष्भन्दा माथिल्लो पदमा मौका दिएनन् । दशैको टीका थाप्न बीपी कहाँ गएबापत राजाले विश्वबन्धुलाई घोक्रेठ्याक लगाएका थिए ।  बीपीकी नातिनी (डा शशांककी छोरी) र विश्वन्धु थापाका नातिवीच केही समयअघि अमेरिकामै विवाह भएको हो । दुबैजना अमेरिकामै बसोबास गर्छन । विवाह भोज भने आगामी भदौ ३ गते काठमाण्डौको होटल याक एन्ड यतिमा गर्न लागिएको छ । दुवै परिवार ठूलो राजनीतिक घरानाका भएका कारण विवाह भोज भव्य हुने अनुमान गरिएको छ ।
बेहुलीका तर्फवाट मात्रै करिव तीन हजार व्यक्तिलाई निमन्त्रणा गरिसकिएको छ । काँग्रेस सभापति पदमा उम्मेदवार हुने इच्छा जाहेर गरिसकेका बीपी पुत्र शशांकले आफ्नी एक्ली सन्तानको विवाह मन फुकाएरै मान्छेहरुलाई निमन्त्रणा पठाइरहेका छन् । आजको तरुण साप्ताहिकले समाचार छापेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger