Widgets

Home » , » चुरोटमा कस्ता कस्ता विष पाइँदारहेछन् ? हेर्नुस् त

चुरोटमा कस्ता कस्ता विष पाइँदारहेछन् ? हेर्नुस् त

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चुरोटमा निकोटिन तत्व पाइन्छ र सोही रसायनका कारण लाग्ने तलतलीका कारण चुरोटको लत बस्छ भन्ने कुरा धेरैलाई थाहा छ ।
cigrete
चुरोट तथा सुर्तिमा निकोटिन रसायन पाइने कुरा धेरैलाई थाहा भएपनि चुरोटमा अरु धेरै हानिकारक रसायन पनि पाइन्छन् भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । तर यथार्थ कुरा के हो भने चुरोटमा निकोटिन भन्दा पनि खतरनाक अन्य कैयन् रसायनहरु हुन्छन् । चुरोटमा पाइने मुख्य हानिकारक तत्वहरु निम्नानुसार छन् :
निकोटिन – चुरोटमा निकोटिन तत्व उच्च मात्रामा पाइन्छ । सुर्तिबाट निकोटिन प्राप्त हुन्छ । यसले डिएनएमा क्षति पूराउने तथा क्यान्सर लगायतका रोग सिर्जना गर्नमा भूमिका खेल्छ ।
बेन्जिन- बेन्जिन एक प्रकारको पेट्रोकेमिकल हो । बेन्जिन त्यो रसायन हो जो ड्राइ क्लिनरमा लुगा सफा गर्न प्रयोग गरिन्छ । यो क्यान्सर गराउने एक तत्व हो र यसका कारण रक्त क्यान्सरको जोखिम उच्च हुन्छ ।
आर्सेनिक- आर्सेनिक यस्तो धातु हो जसले रगतलाई विषाक्त पार्छ । यसले शरीरका कोषिकाहरुलाई नष्ट गर्दछ ।
अलकत्रा – चुरोटमा अलकत्रा समेत पाइन्छ । चुरोट बल्दा अलकत्रा वा टार बन्दछ । त्यो अलकत्रा ठीक त्यहीँ चिज हो जो सडकमा प्रयोग गरिन्छ । सोही कारण चुरोट पिउँदा दाँत पहेँलो हुने र फोक्सो कालो हुने गर्छ ।
फर्माल्डिहाइड- यो निकै हानिकारक रसायन हो । यसले रक्तकोषिकाहरुमा क्षति पूराउँछ ।
एसिटोन- नङ पालिस हटाउन प्रयोग गरिने झोल हो एसिटोन । चुरोटमा समेत सोही रसायन पाइन्छ । त्यस कारण चुरोट पिउने मानिसको वायु नली तथा फोक्सोमा नकारात्मक असर पुग्छ ।
कार्वन मोनोअक्साइड- चुरोट तान्दा निस्कने धुँवामा ५ प्रतिशत कार्वन मोनोअक्साइड हुन्छ । यसले राता रक्तकोषको अक्सिजन बोक्ने क्षमतामा ह्रास पूराउँछ । यसका कारण फोक्सोमा असर पुग्नुका साथै विभिन्न खाले हृदयरोगको खतरा बढ्छ ।
एमोनिया – यहीँ रसायनका कारण चुरोट तान्ने मानिस ठुस्स गन्हाउँछ । यसले समेत मानिसमा लत बसाल्ने काम गर्छ ।
क्याडि्मयम – चुरोटमा पाइने यो हानिकारक धातुले मृगौलामा असर पूराउँछ ।
नाइट्रोजन अक्साइड-यो विषाक्त ग्यासले फोक्सोमा नकारात्मक असर पूराउनुका साथै रगतलाई पनि विषाक्त बनाउँछ ।
क्रोमियम-यो हानिकारक धातुले क्यान्सरको खतरा बढाउँछ । यसले डिएनएमा पनि क्षति पू्राउँछ ।
कपूर – नाप्थालिन भनिने यो रसायन सरीरका लागि निकै हानिकारक हुन्छ ।
हाइड्रोजन साइनाइड- यो निकै विषाक्त रसायन हो । यसले वायु नली तथा फोक्सोमा क्षति पूराउँछ ।
शिशा – शिशा निकै हानिकारक रसायन हो । यो निकै विषाक्त रसायन पनि हो । यसले रगतलाई विषाक्त बनाउनुका साथै मात्रा बढि भयो भने मानिसको ज्यानै जान सक्छ । यो क्यान्सर गराउने तत्व पनि हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger