Widgets

Home » » अनुहारकै अनौठो नक्कल (फोटोफिचर सहित)

अनुहारकै अनौठो नक्कल (फोटोफिचर सहित)

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हामीकहाँ कलाकारहरुले विभिन्न नेता तथा अन्य व्यक्तिको बोली तथा हाउभाउ दुरुस्तै बनाएर क्यारिकेचर गर्दै अरुलाई हँसाउने गर्छन् । बोली त ठ्याक्कै मिलाउन धेरैले सक्छन् तर जिउडाल पनि दुरुस्तै पार्न भने गाह्रो हुन्छ । तर क्यानडाकी एक जना महिला कलाकारले भने आफुलाई अल्बर्ट आइन्स्टाइ देखि लिएर माइकल ज्याक्सन तथा जोनी डेप देखि लिएर किम कार्दाशिन सम्ममा ढाल्न सक्छिन् ।
Untitled-1
माइकल ज्याक्सन  र आइन्स्टाइन
आफैले कलाकारिता सिकेकी कार्ली पेज नामकी ती विलक्षण कलाकारले आफ्नो मुखाकृतीमा विभिन्न खाले मेकअपका साधनको प्रयोग गरी आफ्नो अनुारलाई अनौठो ढंगले बदलेर अरुको जस्तै पार्छिन् ।
Untitled-2
एन्जेलिना जोली, ब्राड पिट  र जोनी डेप
२६ वर्षकी यी कलाकारले हप्तामा एक दिन कुनै न कुनै चर्चित व्यक्तिको जस्तै अनुहार बनाउँछिन् । आफ्नो अनुहारलाई अर्कोको अनुहारमा ढाल्नका लागि आफुले मुख्यतया ३ वटा कुरा हेर्ने गरेको उनी बताउँछिन् । अनुहारको आकार, मेकअप र स्टाइल तथा अनुहारको प्रस्तुतीलाई एक टकमा हेरेपछि आफुले आफ्नो अनुहारलाई दुरुस्तै बनाउन सक्ने उनको भनाइ छ । उनले धेरै गन्यमान्य मान्छेको अनुहारको क्यारिकेचर गरेकी भएपनि अल्बर्ट आइन्सटाइनको जस्तो अनुहार बनाउन आफुलाई सबैभन्दा बढि मन पर्ने उनी बताउँछिन् ।
Untitled-3
किम कार्दाशिन  र मोनालिसा
Untitled-4
लेडी गागा, मरिलिन म्यानसन

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger