Widgets

Home » , » १० बालक हिमाञ्चल पुर्‍याइए

१० बालक हिमाञ्चल पुर्‍याइए

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

child

दाङ, भाद्र ४ - मानपुर गाविसका १० जना स्कुले बालकलाई विभिन्न प्रलोभन देखाई भारतको हिमाञ्चल पुर्‍याएको खुलासा भएको छ । स्थानीय दलालले अभिभावकलाई थाहै नदिई स्कुल हिँडेका उनीहरूलाई सीमा कटाएर प्रतिबालक एक हजार रुपैयाँ कमिसन लिएको प्रहरीसमक्ष स्विकारेका छन् । बालकलाई गैरकानुनी रूपमा भारत पुर्‍याएको स्वीकार गरेकी मानपुर ४ स्थित डोक्रेनाकी देवा बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परिवारले इलाका प्रहरी तुलसीपुरमा बालक हराएको निवेदन दिएपछि बस्नेतमार्फत उनीहरू भारत पुर्‍याइएको खुलासा भएको हो । साउन १७ गते भारत लगिएकालाई अहिलेसम्म परिवारसँग सम्पर्क गर्न दिइएको छैन । 'भारतको सिमला पुगेर छोराले मलाई यहाँ ल्याएको छ भनेको थियो । त्यसपछि फोन काटियो सम्पर्क हुनै पाएन,' अनुज चौधरीका बुवा बिहारीलालले भने, 'गाउँकै दलालले ललाइफकाई भारत पुर्‍याएछन् । छोरा हराएदेखि हामी राम्ररी निदाउन सकेका छैनौं ।' बेचिएका बालकहरू १२ देखि १६ वर्षका छन् । उनीहरूलाई पैसा कमाउने लोभमा फकाएर भारत लगिएको चौधरीले बताए । बालकहरू पठाउन भूमिका खेलेको अभियोगमा पक्राउ परेकी बस्नेतले बालकलाई भारतको बहराइचसम्म पुर्‍याएर फर्केको बताएकी छन् । बस्नेतले ज्वाइँ नाता पर्ने गाउँकै विजय केसीमार्फत घोराहीका सुरज गौतमको जिम्मा लगाएको चौधरीको भनाइ छ । बाल कामदार बनाइदिएबापत गौतमले बहराइच पुगेर केसीलाई १० हजार रुपैयाँ दिएको बस्नेतले बताएकी छन् । 'बहराइचसम्म म पनि सँगै गएँ । गौतमबाट १० हजार लिएर विजय उनीहरूसँगै भारततिर गए, म घर फर्किएँ,' उनले भनिन्, 'को-को बालक गएका हुन्, अरू के-के कारोबार भयो । मलाई थाहा छैन, सँगै जाऔं न भनेकाले म त्यत्तिकै गएको हुँ । म सबै बालकलाई चिन्दिनँ ।' साउन २५ गते इलाका प्रहरीमा छलफल गरी १० दिनभित्र बालक फिर्ता ल्याउने सर्तमा बस्नेतलाई छाडिएको थियो । सोमबार १० दिन बिते पनि उनले फिर्ता ल्याउन नसकेको इलाका प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए । 'जसरी पनि बालकहरू फिर्ता आउनुपर्छ । बालबालिकालाई ओसारपसार गर्न पाइँदैन,' उनले भने, 'सजिलै नआए कानुनी कारबाही थाल्नुपर्ने हुन्छ ।' सोमबार पनि बालकहरू नल्याएपछि बस्नेतलाई थप १० दिन समय दिएर छोडिएको छ । बस्नेतले बालक ल्याउँछु भन्दै पन्छिदै गरेकोमा परिवार दुःखी भएका छन् । 'पटकपटक ल्याउँछु भने पनि हामीलाई विश्वास लाग्न छोडेको छ । विद्यालय गएका बालकलाई फकाएर भारत पुर्‍याउनेलाई कारबाही हुनुपर्छ,' डोक्रेनाकै मोती नेपालीले भनिन्, 'म सिलाउन गएको थिएँ । घर र्फकँदा छोरो थिएन । विद्यालय गएको छोरालाई उतैबाट फकाएर लगिएछ ।' नेपालीको १२ वर्षीय छोरा अर्जुनलाई भारत पुर्‍याइएको छ । ढावाबाट २ किशोरको उद्धार राजेन्द्र नाथ जमुनाह भारतको राजधानी नयाँदिल्लीको एक 'ढावा' मा निकृष्ट श्रममा लगाइएका २ नेपाली किशोरको उद्धार गरिएको छ । 'बचपन बचाउँ आन्दोलन' का कार्यकर्ताले प्रहरी सहयोगमा ती किशोरलाई उद्धार गरेका हुन् । सोमबार जमुनाह नाकामा ल्याएर प्रहरी रोहबरमा उनीहरूलाई स्थानीय एक संस्थाको जिम्मा लगाइएको छ । तनहुँको भगवतीपुर ५ का १४ वर्षीय दीपक पोखरेल र नवलपरासीको डेढगाउँ सिंहटारीका १५ वर्षीय ढाकाराम कार्कीलाई नयाँदिल्लीको नाङलोइस्थित लक्ष्मी रसोई नामक ढावाबाट उद्धार गरी ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को जिम्मा लगाइएको हो । बचपन बचाउँ आन्दोलन दिल्लीका प्रोजेक्ट म्यानेजर आदित्य मिश्राका अनुसार ढावामा काम गरेबापतको पारिश्रमिकसमेत सञ्चालकबाट असुल गरेर संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ । भारतीय कानुन अनुसार ५ महिना काम गरेबापत ढाकारामले २९ हजार ४ सय ७६ र ५ दिन काम गरेबापत दीपकले १ हजार ४ सय ८५ रुपैयाँ पाएका छन् । प्रहरी, स्थानीय प्रशासन र बाल श्रमविरुद्ध कार्यरत संघसंस्थाको संयुक्त 'अप्रेसन' मा उनीहरूको उद्धार गरिएको मिश्राले बताए । 'बाल श्रमिक राख्ने होटल मालिकलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको छ,' उनले भने । संयुक्त टोली अकस्मात होटल पुगेपछि सञ्चालक अशोक शुक्लाले २ नेपालीसहित अर्का १ भारतीय कामदारलाई छतमा लुकाएका थिए । किशोरी र बालिका फर्काइए पर्सा माइती नेपाल ठोरी शाखाले जोखिममा रहेका १ किशोरी र २ बालिकाको उद्धार गरेको छ । माइती नेपाल शाखा संयोजक संगीता पुरीका अनुसार शनिबार दिदीको घर हिँडेकी चितवन अयोध्यापुरी ३ बाँदरझुलाकी १६ वर्षीया रेश्मा सार्कीलाई आइतबार निर्मलबस्ती गाविसको नेपाल-भारत सीमास्थित भिखनाठोरी नजिक रामनगरमा फेला पारिएको हो । भारत जान लागेकी उनलाई इलाका प्रहरी ठोरीको समन्वयमा अभिभावकको जिम्मा लगाइएको छ । ेयस्तै, आइतबार बिहानदेखि हराइरहेका ठोरीकै २ बालिकालाई माइती नेपालकै फिल्ड कर्मचारी फेला पारेका छन् । नेराप्रावि सरस्वतीनगरमा कक्षा १ मा अध्ययनरत ८ वर्षीया लिखिता परियार र ६ वर्षीया सलिना परियारलाई ६ किमि दक्षिण भारतीय सीमा नजिक रामनगरको खोलाको पुलमुनि सोमबार बिहान फेला पारिएको हो । बाँदरझुलाका १८ वर्षीय बिनोद गुरुङले दुवै बालिकालाई मेला लाने र मीठो खान दिने बताउँदै दालमोठ र च्युरा खान दिएर ललाइफकाई आइतबार दिनभर र रातिसमेत त्यहाँ लुकाएर राखेका थिए । माइती नेपालको टोली देखेपछि गुरुङ जंगलतर्फ भागेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger