Widgets

Home » » अमेरिकी सैनिकले २० बर्षपछि खोले आफु महिला भएको रहस्य

अमेरिकी सैनिकले २० बर्षपछि खोले आफु महिला भएको रहस्य

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
क्रिस बेकले २० वर्षसम्म अमेरिकी सेनामा काम गर्दै दुश्मनसँग जोडिएका रहस्यहरु उजागर गरिन् । तर, आफ्नो जीवनसँग जोडिएको महत्वपूर्ण रहस्य भने उनले लुकाएर नै राखिन् ।
chrisयो रहस्य थियो, उनी बाल्यबस्थाबाटै पुरुष शरीरमा एक महिला थिइन् । विशेष अमेरिकी सैन्य टुकडी नेवी सील्सको सदस्यका रुपमा जीवन कठिन हुन्छ । त्यस क्रममा दमदार मात्र हैन, कहिले काहीं हिंस्रक पनि बन्नुपर्छ । उनले २००३ मा इराक युद्धको समय बसरा नजिकै शैत–अल–अरबसहितका थुप्रै गोप्य मिशनमा सहभागिता जनाइन् ।
 तर, अमेरिकी सेनाबाट अबकाश दिएको झण्डै १ वर्षपछि गत फेब्रुअरीमा उनले आफ्नो लिङक्डइन प्रोफाइलमा सेतो ब्लाउजमा एक मुस्कुराएकी महिलाको फोटो अपलोड गर्दै लेखिन्–‘आज म विश्वलाई आफ्नो असली पहिचान एक महिलाको रुपमा बताएर सबै झुटो पहिचानलाई संधैका लागि पर्दा उठाउँदैछु ।’
त्यससँगै उनी क्रिसबाट क्रिस्टीन बनिन् । अमेरिकी नेवी सीललाई विश्वको खतरनाक र कठिन सैन्य अभियानको रुपमा चिनिन्छ । मे २०११ मा पाकिस्तानमा अलकायदाका नेता ओसामा बिन लादेनलाई मार्ने टोली सील टिम ६ मा पनि क्रिस कुनै समय सदस्य थिइन । यस्तोमा उनलाई साथीहरुले आफूलाई ट्रान्सजेन्डरको रुपमा चिन्छन् कि ? आफूलाई संगठनको नियम उल्लंघन गरेको आरोप लाग्छ कि भन्नेमा चिन्तित हुन्थिन् ।
बाशिंगटन डीसीमा जर्ज टाउन विश्वविद्यालयका मनोरोग विज्ञानको एक प्राध्यापक एनी स्पेकहार्डसँग आफ्नो अनुभव साटेर क्रिष्टिनले साझा रुपमा एक किताब ‘बारियर प्रिन्सिस : ए यूएस नेवी सील्स टु कमिङ आउट ट्रान्सजेन्डर’ खेलेकी छिन् ।
त्यसमा उनले आफ्नो दुई पटक विवाह भएको पनि उल्लेख गरेकी छिन्, जुन असफल भएको थियो । आफ्नो बाल्यबस्थाको परिवेशबारे उल्लेख गर्दै धार्मिक र सामाजिक रुपमा कट्टर रुढिवादी भएको बताएकी छिन् । कयौंपटक उनले महिलाको कपडा समेत नकिनेकी हैनन्, तर, पछि फाल्दै आफ्ना इच्छा दबाउँदै आएकी थिइन ।– बीबीसी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger