Widgets

Home » , » सुपथ मूल्यका पसल असोज १ गतेदेखि

सुपथ मूल्यका पसल असोज १ गतेदेखि

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

pasal

काठमाडौं, भाद्र १२ - वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वहरू नजिकिँदै गर्दा उपभोग्य वस्तुको अभाव र कालोबजारी रोक्न सरकारले यस्तो तयारी गरेको हो । उपत्यकामा सात वटा यस्ता सञ्चालन हुने छन् । यी पसलबाट मूल्य र बजार व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । यसका लागि मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा वाणिज्य मन्त्रालयअन्तर्गतका संस्थाले मंगलबार छलफल थालेका छन् । 'प्रस्ताव प्रधानमन्त्रीको कार्यालयमा पठाउने निर्णय भएको छ,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले भने, 'अब काम चाँडै सुरु हुने छ ।' बैठकमा खाद्य संस्था, आयल निगम र साल्ट ट्रेडि्रङले पनि आफ्नो तर्फबाट गर्ने कामबारे एक सातामा मन्त्री परिषद्लाई प्रस्ताव पठाउने निर्णय भएको उनले बताए । 'उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य/आवश्यक वस्तुमा छुट दिने निर्णय भएको छ,' वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, 'असोज १ गतेदेखि कात्तिक मसान्तसम्म राहत पसल सञ्चालन गर्ने छौं ।' भदौ १५ देखि सञ्चालन गर्ने प्रस्ताव गरिए पनि अर्थ मन्त्रालयले धान्न नसक्ने बताएपछि असोज १ गतेबाट गर्न लागेको उनले बताए । विभागका अनुसार सुपथ मूल्य पसल काठमाडौं टेकु, कालिमाटी थापाथली, रामशाहपथ, लगनखेल, कोटेश्वर, भक्तपुरमा खोलिने छन् । यस्ता पसलबाट चाडपर्वमा चाहिने आवश्यक खाद्यान्न, खसीबोकालगायत बिक्री गरिने छ । यस्तै उपत्यकामा मोबाइल भ्यानको समेत प्रयोग गरी खाद्य वस्तु बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ । चाडबाडको समयमा कालोबजारी गरेर उपभोग्य वस्तुको अभाव हुन सक्ने देखेपछि सरकारले यस्तो तयारी थालेको हो । पछिल्लो समय बढेको डलरको मूल्यका कारण पनि बजारमा अनावश्यक मूल्य वृद्धि हुन सक्ने शंका सरकारी निकायले गरेका छन् । यस्ता पसल सरकारले प्रत्येक वर्ष दसैंतिहारको समयमा सञ्चालन गर्ने गर्छ । तर यो वर्ष उपभोक्तालाई थप सुविधा दिने सरकारको तयारी छ । तराईमा खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल टे्रडिङ भएको स्थानमा 'आउटलेट' खोलेर सामान उपलब्ध गराउने विभागको तयारी छ । महानिर्देशक बिडारीका अनुसार सहुलियत पसलअन्तर्गत चिनीको लागत मूल्यमा किलोको ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, चामलमा २ रुपैयाँसम्म छुट दिइने छ । 'छुट वस्तुको लागत मूल्यमा हुने छ,' महानिर्देशक बिडारीले भने, 'अन्य वस्तुमा भने मुनाफा घटाएर बिक्री वितरण गरिने छ ।' दुग्ध विकास संस्थान (डीडीसी) ले बिक्री गर्दै आएको घिउमा पनि १० रुपैयाँ छुट दिन वाणिज्यले निर्देशन दिइएको छ । यस्तै सुपथ मूल्य पसलमा गोडागुडी, तरकारी, फलफूल चिउरालगायत आवश्यक खाद्यान्न वस्तुमा सार्वजनिक संस्थानले मुनाफा घटाएर बिक्री वितरण गर्ने छन् । 'नेपाल वनस्पती घिउ तेल उत्पादक संघ, चामल दाल तेल उद्योग संघ, गेडागुडीलगायत वस्तुगत संघले पनि मुनाफा घटाएर बेच्ने प्रतिबद्धता जन्ाएका छन्,' महानिर्देशक बिडारीले भने । सरकारले पनि उद्योगी/ व्यवस्ाायीलाई खाद्य वस्तुको मूल्य सकेजति घटाएर बिक्री गर्न सार्वजनिक अनुरोध गर्ने जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger