Widgets

Home » , » मडोना १२५ मिलियनसहित पहिलो - कुन सेलिब्रिटीको कमाइ कति?

मडोना १२५ मिलियनसहित पहिलो - कुन सेलिब्रिटीको कमाइ कति?

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

वितेको बर्ष पपस्टार मडोनाले सबैभन्दा धेरै कमाइ गरेकी छन् । फोर्व्स पत्रिकाका अनुसार उनको कमाइ १२५ मिलियन डलर (करिव १२ अर्व ७५ करोड नेपाली रुपैयाँ) रहेको छ । पत्रिकाका अनुसार ५५ बर्षे यि पपस्टरले सन् १९९९ यताका बर्षहरुमा एकै बर्ष यतिधेरै पैसा कमाएको पहिलो हो । 
फिल्म निर्देशक स्टेभन स्पील्वर्ग भने दोस्रो नम्बरमा छन् । उनले बितेको बर्ष एक सय मिलियन डलर (करिव १० अर्व २० करोड रुपैयाँ) कमाएका छन् । उनको धेरै जासो कमाइ इएल र जारासिक पार्कको थ्रिडीका साथसाथै लिन्कोल्नबाट भएको हो । 
तेस्रो स्थानमा ५० स्याडोज् अफ ग्रेका लेखाकहरु इएल जेम्स, सिमोन कोवेल र होवार्ड स्टर्न छन् । उनीहरुले ९५ मिलियन डलर कमाए । त्यसपछि थ्रिलर लेखक जेम्स पटर्सन (९१ मिलियन डलर) र टीभी तथा रेडियो प्रस्तोता ग्लेन बेक (९० मिलियन डलर) छन् । 
अर्की पपस्टार लेडी गागा भने दशौं नम्बरमा परेकी छन् । वितेको बर्ष लेडी गागाले ८० मिलियन डलर कमाएकी थिइन् । उनी भन्दा अगाडी निर्देशक माइकल वे (८२ मिलियन डलर) र निर्माता जेरी ब्रुखइर (८० मिलियन डलर) रहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger