Widgets

Home » , » अपडेट : कांग्रेस मजदुरमा देउवा समूहको अग्रता कायमै कोइराला समूह बाँडियो

अपडेट : कांग्रेस मजदुरमा देउवा समूहको अग्रता कायमै कोइराला समूह बाँडियो

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Trade

चितवन, भाद्र १२ - काठमाडौं- कांग्रेसको भ्रातृ संगठन ट्रेड युनियन कांग्रेस-स्वतन्त्रको पाँचौं महाधिवेशनमा शेरबहादुर देउवा निकट उम्मेदवार अगाडि देखिएका छन् । देउवा निकट खिलानाथ दाहाल नेतृत्वको प्यानल अधिकांश पदमा अगाडि छ । बुधबार मध्यान्हसम्ममा ११ सय ६५ मत गणना सकिंदा दाहालले संस्थापन पक्षका पुष्कर आचार्यलाई ६१ मतले पछाडि पारेका छन् । दाहालले ५ सय ८० र आचार्यले ५ सय १९ मत ल्याएका छन् । पार्टी सभापति सुशील कोइराला पक्षधरबाट अध्यक्षमा आचार्य भए पनि देउवा पक्षका दाहाललाई कोइराला क्याम्पका धेरैले समर्थन गरेपछि कडा प्रतिस्पर्धा देखिएको हो । महासचिवमा पनि दाहाल प्यानलकै ध्रुवचन्द्र गौतम अगाडि छन् । गौतमले ३ सय ४७, महेन्द्रप्रसाद यादवले ३ सय ३७ र अच्युतराज पाण्डेले ५४ मत पाएका छन् । निर्वाचन संयोजक योगेन्द्रबहादुर अधिकारीका अनुसार, १ हजार ५ सय ६१ मत खसेको छ । बन्दसत्र नगरिएको भन्दै केही प्रतिनिधि घर फकिर्एका थिए । तीन दिनसम्म चलेको महाधिवेशनमा देशभरका कार्यकर्ता बाँडिएपछि बन्दसत्र प्रभावित हुँदा एकैचोटि निर्वाचन गरिएको हो । देशभरबाट आएका १ हजार ६ सय प्रतिनिधि कोइराला र देउवा समूहमा विभाजित भएपछि बन्दसत्रमा उठ्नुपर्ने विभिन्न प्रतिवेदन त्यसै थन्किएका छन् । २३ वर्षपछि हुन लागेको महाधिवेशनमा नेतृत्वकै लागि देउवा र कोइराला पक्षको हानथाप चल्यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger