Widgets

Home » , » भक्तपुरमा निस्क्यो मिथेन ग्याँस उपत्यकाको १४ ठाउँमा सम्भाव्यता अध्ययन

भक्तपुरमा निस्क्यो मिथेन ग्याँस उपत्यकाको १४ ठाउँमा सम्भाव्यता अध्ययन

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Gas

भक्तपुर, भाद्र १ - बालकोटको रोज भिलेजवासीलाई पानी वितरण गर्न खनिएको बोरिङबाट आगो बाल्न मिल्ने मिथेन ग्याँस निस्केको छ । ७ वर्षअघि खनिएको बोरिङमा मंगलबारदेखि ग्याँस निस्केको हो । बोरिङबाट सोमबारसम्म पानीको सट्टा ग्याँस निस्केको कामदारहरू बताउँछन् । पानी आउन छाडेपछि बस्तीका ७० घरका बासिन्दा ट्यांकरबाट पानी किनेर खान थालेका छन् । जमिनमुनिबाट निस्केको ग्याूस पाइप लगाएर स्थानीयले परीक्षण गर्दा बलेपछि वरिपरिका घरधनी त्रसित भएका छन् । बालकोट- ३ मा रहेको रोजभिलेजको घर नम्बर- ५ मा बस्दै आएका भीमप्रसाद सापकोटा ग्याूसको कारण क्षति हुनसक्ने डरले रातभरि सुत्न नसकेको बताए । ग्याूस निस्केको स्थानसूगै नेपाल प्रहरीका एसपी विष्णुहरि गौतमको घर जोडिएको छ । स्थानीय प्रहरीले खबर गरेपछि खानी विभागका अधिकारीहरू पनि अध्ययनका लागि शुक्रबार मध्याह्न पुगेका थिए । विभागका सिनियर डिभिजन जिओलोजिस्ट दिनेशकुमार नापितले बोरिङबाट निस्केको ग्याूस मिथेन भएको बताए । स्थायी रूपमा ग्याूस आए पाइपबाट घर- घरमा वितरण गर्न सकिने उनले बताए । दुई सय ५० मिटर गहिराइ रहेको बोरिङबाट ग्याूस निस्केकाले स्थायी रूपमा हुनसक्ने उनले अनुमान गरे । 'धेरै पानी तानेकाले ग्याूस निस्केको पनि हुनसक्छ,' उनले भने । प्रत्येक घरमा १ हजार लिटर वितरण हुने उक्त बोरिङबाट दैनिक ७० देखि ८० हजार लिटर पानी तान्ने गरिएको थियो । यसअघि पानी तान्दा केही समय ग्याूस निस्कने गरे पनि पछि पानी आउने गरेको पानी वितरणमा खटिने सुमन केसीले बताए । २ सय ५० मिटर गहिराइ भए पनि ७२ मिटरमा मात्रै पानी तान्ने मोटर राखिएको छ । अध्ययनको क्रममा नियमित ग्याूस आउने तथ्य पत्ता लाग्यो भने विभागसूग स्वीकृत लिएर वितरण गर्न सकिन्छ । वाग्मती होम्सका अध्यक्ष भेषराज लोहनीले तत्काल अध्ययन गरी स्थायी रूपमा निस्कने अवस्था पाइएमा खानी विभागबाट स्वीकृत लिएर हाउजिङका बासिन्दालाई वितरण गर्ने बताए । खानी तथा भूगर्भ विभागले सन् १९९७ मा जाइकाको सहयोगमा काठमाडौं उपत्यकाको १४ ठाउूमा सम्भाव्यता अध्ययन गर्दा मिथेन ग्याूस पाइएको नापितले जानकारी दिए । टेकुदेखि ललितपुरको इमाडोलसम्मको २६ वर्ग किलोमिटरमा अन्यत्रभन्दा बढी ग्याूस पाइएको थियो । अध्ययनको क्रममा सबै स्थानमा 'वेल' गाडिएको छ । त्रिपुरेश्वरलाई मध्यविन्दु मानेर अध्ययन गरिएको थियो । नापितका अनुसार टेकु क्षेत्रमा ५, त्रिपुरेश्वर, भृकुटीमण्डप, तीनकुने, कोटेश्वर, शंखमूल, जडीबुटीमा एक/एकवटा र इमाडोलमा ३ वटा वेल गाडिएको छ । 'त्यसबेला जति ठाउूमा वेल गाडिएको थियो सबैमा ग्याूस निस्केको थियो,'उनले भने,'तर, प्रयोग गर्न सकेका छैनांै ।' अध्ययनले ३० करोड घनमिटर ग्याूस छ भन्ने निष्कर्ष निकालेको थियो । कतिपय स्थानमा बालकोटको जस्तो पम्प नराखी पनि ग्याूस निस्केको थियो । काठमाडांैमा २० हजार परिवारलाई बाूड्दा ३० देखि ५० वर्षसम्म पुग्न सक्छ भन्ने अध्ययनको निष्कर्ष थियो । अध्ययनले ग्याूस भएको पत्ता लगाएपछि सरकारले निजी क्षेत्रलाई दिन प्रस्ताव आह्वान गरेको थियो । केहीले हाले पनि सम्पर्कमा नआएको विभागले जनाएको छ । काठमाडौंको जमिनमुनि एक तह पानी र ग्याूस रहेको विज्ञहरू बताउूछन् । सरकारले अध्ययन गरेर उद्योगका रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई दिने नीति भएकाले अहिलेसम्म ग्याूस प्रयोगमा ल्याउन सकेको छैन । निजी क्षेत्रले चासो नदिएकाले यस वर्ष सरकारले नै केही स्थानमा सुरु गर्न बजेटसमेत विनियोजन गरेको विभागले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger