Widgets

Home » » नर्वेका प्रधानमन्त्री ट्याक्सी चालक बने

नर्वेका प्रधानमन्त्री ट्याक्सी चालक बने

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Norway

ओस्लो (एजेन्सीहरू), श्रावण २९ - मतदाताको धारणा बुझ्न नर्वेका प्रधानमन्त्री जेन्स स्टोलटेनवर्ग ट्याक्सी चालक बनेको खुलासा भएको छ । उनले पहिचान लुकाएर राजधानी ओस्लोका सडकहरूमा दिउँसभरि ट्याक्सी चलाउँदै सवारीसँग संवाद गरेका थिए । स्वतन्त्र र आमनर्वेलीको मन बुझ्नलाई यस्तो गरेको उनले बताए । उनको अनुसार सर्वसाधारणले निर्धक्कसँग कुरा गर्ने ठाउँहरूमध्ये ट्याक्सी पनि एक हो । जुनमा उनले 'सनग्लास' लगाएर निकै भद्र पोसाकमा ट्याक्सी चलाउन निस्केका थिए । सर्वसाधारणले चिनेपछि उनी वास्तविक परिचय दिन बाध्य भएका थिए । उनले यात्रुसँग गरेको भलाकुसारीलाई गोप्य क्यामेरामा बन्द गरिएको थियो । एक विज्ञापन एजेन्सीसँग मिलेर यसको भिडियो रेकर्डिङ तयार गरिएको थियो । यसलाई प्रधानमन्त्रीको फेसबुक पृष्ठमा पनि राखिएको छ । 'जनताले के सोच्छन् जान्नु मेरा लागि आवश्यक थियो,' उनले भने,' बिनाहिचकिचाहट यात्रु कुरा राख्छन् ।' 'तपाईं त स्टोल्टेनवर्ग जस्तो देखिनुहुन्छ,' उक्त भिडियोमा एक यात्रुले भनेको सुनिन्छ । नर्वेमा निर्वाचन हुन लागेको छ । निकै लोकपि्रय भए पनि स्टोल्टेनवर्गको लेबर पार्टी मत सर्वेक्षणमा विपक्षीभन्दा पछि छन् । चुनावमा पराजित भएमा ट्याक्सी चालकको पेसा रोज्नुहुन्छ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, 'मलाई लाग्छ प्रधानमन्त्रीको रूपमै मुलुकको बढी सेवा गर्न सक्छु ।' आठ वर्षदेखि सवारी नचलाएको हुनाले यो कार्यमा केही कठिनाइ भोगेको उनले बताए । कर्पोरेट क्षेत्रका धूर्तहरूको कर्तुतबारे चिठी लेख्ने मन बनाइरहेको बेला ट्याक्सीमा प्रधानमन्त्रीसँग जम्का भेट भएकोमा आफूलाई भाग्यशाली ठानेको एक ज्येष्ठ महिलाले बताइन् । एक विद्यार्थीले उनीसँग शिक्षा नीति र अर्कोले वातावरण मुद्दामा उनीसँग छलफल गरेका थिए । मतदाताका लागि महत्त्व राख्ने विषयबारे बुझ्ने यो जतिको राम्रो अवसर अरू कुनै न हुने उनले बताए । ज्याला र जागिर दिएर पालेको पार्टी कार्यकर्ताको भरमा निर्वाचन जित्ने परम्परागत शैली असफल भएपछि नेताहरूले यस्ता नयाँ प्रयोगहरू गर्न थालेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger