Widgets

Home » » ज्ञानेन्द्रसंग साँठगाँठ गर्नेहरु समाप्त हुन्छन् : नेपाल

ज्ञानेन्द्रसंग साँठगाँठ गर्नेहरु समाप्त हुन्छन् : नेपाल

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


निमुसंगम घर्ती 
१८ साउन, दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहसंग साँठगाँठ गर्न खोज्नेहरु आफै समाप्त भएर जाने वताउनु भएको छ । प्रेस चौतारी दाङले शुक्रवार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले नेकपा-माओबादीप्रति इङगित गर्दै भुतप्रेतहरुसँग साँठगाँठ गर्नेहरु लोकतन्त्रबादी बन्न नसक्ने र आफै बिलय भएर जाने चेतावनी दिनुभयो ।
राहत बितरण गर्दैमा पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्छु भन्नु बाबुराम भटराईको सोचाई ठिक नभएको नेपालको टिप्पणी छ । नाडिको गति छामेर थाहा नपाउने र धक्का दिएपछि मात्रै महसुस गर्ने बानीले नेपाल पछि पर्दै गएको उहाँको भनाई छ । कुनै पनि हालतमा मंसिर ४ मा चुनाब हुने भन्दै उहाँले संबिधान बनेपछि मात्रै संक्रमणको अन्त्य र दिगो सरकार बन्ने बताउनुभयो ।
चुनाबमा बैद्य नेतृत्वको नेकपा-माओबादी सहितका दलहरुलाई बाध्य नपार्ने तर भागलिन आग्रह भने गरिरहेको उहाँले जानकारी दिनुभयो । चार दलले राजनीतिक समितिमा सबै दलहरुलाई समाबेश नगर्नु गल्ती भएको भन्दै माफी मागेर अन्य दलहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger