Widgets

Home » , » दश हजार दिन्छु भन्दै छोरी मार्ने दबाब

दश हजार दिन्छु भन्दै छोरी मार्ने दबाब

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तीन वर्ष अघि गैह्र दलित पुरुषबाट १४ वर्षको उमेरमा बलात्कृत भई जन्मिएको सन्तान र आफ्नो ज्यानको समेत खतरा भएपछि गुल्मी वलिथुमकी एक दलित अपाङ्ग युवती यति बेला सुरक्षाको माग गर्दै सदरमुकाम तम्घासस्थित प्रशासनको शरणमा आएकी छन् । वलिथुम गाविस वडा नम्वर ३, लुम्पेक गाउँकी दुवै खुट्टाकी जन्मजात अपाङ्ग १८ वर्षिया गत एक हप्तादेखि ज्यानको सुरक्षा र गास बासको ब्यबस्था गरी पाउँ भनि जिल्ला प्रशासन कार्यालको शरणमा आएकी हुन् । निजलाई तिन वर्षअघि उनको घरै मुनिका कोलामुनी माईला भन्नेका छोरा अन्दाजी २५ वर्षका विवाहित पुरुष रामबहादुर श्रेष्ठले धाराबाट अपहरण गरी आफ्नो घरको कोठामा लगेर बलात्कार गरेका थिए । उनले बलत्कारबाट जन्मेको सन्तान स्वीकार गरी रातको समयमा माओबादी नेताहरु गुहारेर २५ हजार रुपैयाँ विजुलीका बाबु रुपलाल सुनारलाई दिई गुपचुप पारेका थिए । ‘छोरी जन्मेपछि मार भनेका थिए मैले मानिन ’ विजुलीले भनिन् –‘केही दिनपछि मेरो घर देखि माथी मामाको घरमा रातको १२ बजेतिर बोलाए, म जान्न भन्दा मार्ने धम्की दिँदै बोलाईयो र २५ हजार वुवालाई दिई अवदेखि कसैसंग नभन्ने र त्यो सन्तान वेवरिसे बनाई माईती मै पालेर राख्ने भन्दै जबरजस्ती मिलाईएको थियो ।’ ‘उसले माओवादी नेताहरु बोलाएको रहेछ, मैले डेढ लाख नभई मान्दीन भने अनि उसको दाजुले मान्ने भए मान नत्र मारेर बोरामा हालेर फाल्दीन्छु भने, बुवाले पनि हुन्छ भने, म टाउको हल्लाउन बाध्य भएकी हुँ ’–उनले भनिन् । ‘अहिले छोरीलाई स्कुल भर्ना गर्न जाँदा जन्म दर्ता मागे सरहरुले अनि मैले रामबहादुरका परिवारसंग जन्म दर्ताका कुरा उठाउँदा उनकी श्रीमतिबाट छोरीलाई मार्ने धम्की आयो, मेरा काका भोजराजले पनि दश हजार दिन्छन् उनीहरुले छोरी मारेर फाल्दे भने त्यस पछि म आमा छोरी कै ज्यानको खतरा हुने देखेर तम्घास आएकी हुँ’– उनले रुँदै बताईन् । ‘त्यो २५ हजार बुवाले रात दिन रक्सी खाएर सक्नु भयो उनले एक पैसा पनि मेरा हातमा पारेनन् । मिलेको कुरा उठाईस भने आमा छोरीलाई मारी दिन्छु भनेर मेरो बुवाले नै भन्नु हुन्छ, कान्छा बुवाले त्यो कुरा गुपचुप पार्न उतैतिर लागेर हिडने भएको छ’–उनले अधिकारकर्मीहरुका बिचमा यस्तो कुरा सुनाईन् । घरबाट हिड्न दिएका थिएनन् म आँखा छलेर अरुसंग भाडा मागेर आएकी हुँ, अव घर फर्किने हो भने सके त मलाई मार्लान नभए पनि घर भित्र पस्न दिन्नन् , म कहाँ जाउँ ? उनले यस्तो भनेपछि अधिकारकर्मीहरुले हिंसा पीडित महिला पुनस्थापना केन्द्रमा लगेर उनलाई राखेका छन् । ईन्सेक गुल्मी, जागरण मिडिया सेन्टर गुल्मी शाखा, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, लोकतान्त्रिक महिला सञ्जाल र जिल्ला वाल संगठनका अधिकारकर्मीहरुले जिल्ला प्रशासनमा डेलिेकशनमा गई न्यायका लागि पहल गरी दिन आग्रह गरी रहेका छन् । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले अधिकारर्मीहरु सहित पीडित विजुली, अधिकारकर्मीहरु र पिडक रामबहादुर श्रेष्ठका बाबुलाई झिकाएर छलफल गराएका थिए । निजका बाबुलाई तत्काल छोरा रामबहादुरलाई झिकाउन लगाईएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले बताए ।‘ आमा र छोरी माथी आएको थ्रेटका सम्वन्धमा हामी गम्भीर छौं ’ लम्सालले भने–‘ उनको सुरक्षा हामी दिन्छौ र न्याय पनि दिलाउछौँ ।’ उनले जिल्ला प्रहरी कार्यालयले दलितको मुद्धालाई विशेष प्राथमिकतामा राखेको बताउँदै आफुले पीडित ति दलित युवतीलाई छिट्टै न्याय दिलाउने प्रतिबद्धता जनाए । यस घटनालाई यहाँका अधिकारकमीहरुले दलित माथी राणा र पञ्चायत कालिन ठुला जाती भनिनेहरुको हैकम र दमनको झल्को आउने घटनका रुपमा लिएका छन् । लोकतान्त्रिक महिला सञ्जालकी अध्यक्ष विष्णुकुमारी सापकोटा, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सिता भुषाल, जानकी गौतम, दलित महिला संघकी अध्यक्ष कमला बराल, ईन्सेक प्रतिनिधी नरेश भण्डारी र जागरण मिडिया सेन्टर गुल्मी प्रतिनिधीले यस घटनाको सहजकरण गरिरहेका छन् । निज रामबहादुर श्रेष्ठ त्यस घटना पछि बैदेशिक रोजगारमा गएको र त्यहाँबाट फर्केपछि घरबाट श्रीमति झिकाई बुटवलतिर बस्ने गरेको बताईएको छ । निजका बाबु कोलामुनि माईलाले छोरो आफ्नो सम्पर्कमा नभएको भन्दै पन्छिन खोजेको बताईन्छ । ‘मलाई त केहि थाह छैन’ उनले प्रशासनका सामु भनेका छन् –‘उ कहाँ छ , मलाई थाह छैन् ।’ तर सिडियो र डिएसपीले तत्काल झिकाउन ताकेता गरेका छन् । थारो भैसीको मोलमा छोरीको अस्मीता बेच्ने उनका बाबु रुपलाल र काका भोजराजले यो घटना गुपचुप पार्न मुख्य भुमिका खेलेको पीडत विजुलीले बताईन् । दुवै खुट्टाकी अपाङ्ग उनी काम गरेर खान सक्दीनन् । ‘बाबु रात दिन जाँड खाएर हिड्नु हुन्छ’ उनले भनिन् –‘एउटी आमाको ज्याला मजदुरीले जनतन पाल्नु भएको थियो त्यही पनि अब न्याय खोज्न आएपछि बस्न पनि टुट्यो ।’ सानो झुपडी, दुई महिना नपुग्ने बारी भएका सुनार परिवार उनीहरु भन्दा ठुलो संख्यामा रहेका नेवार समुदायबाट पहिल्लै देखि दमित भएकोले पनि उनीहरुले जे भन्छन् त्यही मान्न बाध्य भएको स्थानियबासीको भनाई छ । आरोपित श्रेष्ठसंग सम्पर्क हुन सकेन । उनका भाउजुहरुसंग सम्पर्क राख्दा आफुहरुले नभई दोषी रामबहादुरकी श्रीमतीले उनलाई त्यस्तो धम्की दिएको सुनेको बताए ।‘ खै हाम्लाई त थाह छैन् नाम नबताउने सर्तमा श्रेष्ठकी भाउजुले भनिन् उति बेला माओबादीहरुले मिलाएका हुन क्यारे , अहिले खै के भा’छ , थाह छैन् । ’ उनी बलात्कृत भई सन्तान जन्मेको र जँड्याहा बाबुले २५ हजार रुपैयाँ खाएर गापचुप पारेको सुचना प्राप्त भएपछि त्यतिबेला पनि बिभिन्न पत्रपत्रिकाहरुले समाचार प्रकासित गरेका थिए तर उनी गाउँमै भएकोले न्यायदिलाउन समस्या भएको प्रहरीको भनाई छ । तर उनको माग भने निज रामबहादुरले छोरीको जिम्मा लिनु पर्छ र आफुलाई गास वासको ब्यवस्था गरिदिनु पर्दछ भन्ने रहेको बताईन । यो ब्यबस्था मिलाई दिन उनीले प्रशासन प्रहरी मानबअधिकारकर्मी बिभिन्न संघसंस्थानहरुसंग आग्रह गरेकी छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger