Widgets

Home » , » उत्कृष्ट पढन्तेको खोजी

उत्कृष्ट पढन्तेको खोजी

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

reading

काठमाडौं , भाद्र २ - उत्कृष्ट पढन्तेको खोजी सुरु भएको छ । पठन संस्कृति विकासको ध्येय साथ दि रिडर्स क्लबले गर्दै आएको पाठक प्रतियोगिताको तेस्रो संस्करण राजधानीमा घोषणा गरियो । शनिबार पत्रकार सम्मेलनगरि आवेदन खुलेको जनाएको हो । प्रतियोगितामा सहभागी हुन स्कुलतर्फ कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी समूहबाट १ जना, युवातर्फ १८ देखि ३५ वर्ष उमेरका १ जनाले उत्कृष्ट पाठकको उपाधिसहित जनही ५० हजार रुपैयाँ पाउने क्लब अध्यक्ष अमोद डुमजनले जनाए । प्रतियोगितामा ४५ थान पुस्तक अध्ययन गर्नुपर्नेछ । आफूले रुचाएका पाठयक्रमका पुस्तकबाहेक.कुनै पनि क्षेत्रका कम्तीमा ५१ प्रतिशत नेपाली भाषाका पुस्तक अध्ययन गर्नुपर्ने प्रतियोगिताको नियम छ । 'सही ज्ञान र उन्नत समाजका लागि पढ्ने संस्कृति प्रवर्द्धन गर्नैपर्छ' अमोदले भने, 'अनि मात्रै समाजको सकारात्मक रूपान्तरण हुन्छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger