Widgets

Home » , » गोर्खाल्याण्ड आन्दोलनका कारण इलाममा खाद्यन्न अभाव

गोर्खाल्याण्ड आन्दोलनका कारण इलाममा खाद्यन्न अभाव

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ भदौ, इलाम । छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै विगत २६ दिनदेखि दार्जीलिङ बन्द भएपछि सीमा क्षेत्र (इलाम)का नेपाली नागरिकलाई खाद्यान्नको समस्या भएको छ । भारतीय बजारमा निर्भर सीमा क्षेत्रका बासिन्दाले सीमापारिबाट खाद्यान्न आउन छाडेपछि सास्ती खेप्नु परेको हो ।सीमा क्षेत्रका गाविस जोगमाई, गोर्खे, पशुपतिनगर, जमुना, मावु, प्याङ, माईमझुवा क्षेत्रका बासिन्दालाई खाद्यान्न समस्या भएको हो । अहिले यहाँका बासिन्दा सदरमुकामलगायत टाढाका बजारबाट खाद्यन्न बोकेर लैजान बाध्य छन् । “आन्दोलन नचलुन्जेल सीमावर्ती मानेभञ्ज्याङ्बाट चामल ल्याउने गर्‍थ्र्यौं”- जोगमाई-२ का जितबहादुर खड्काले भन्नुभयो-”दार्जिलिङबाट चामल आउन छाडेपछि यो बजारमा पनि पाउन छाडयो ।” नेपालतर्फका बजारमा भन्दा भारतीय बजारमा खाद्यन्न सस्तो पाइन्छ । यहाँका बासिन्दा भारतीय बजारमा भर पर्छन् । सीमा क्षेत्रका बासिन्दाले चामल, नुन, तेल, दाललगायत दैनिक उपभोग्य सामग्री भारतीय बजारबाट ल्याउँदै आएका थिए ।भारतबाट सीमा क्षेत्रबाट खाद्यन्न सामग्री नआउँदा पशुपतिनगर, मानेभञ्ज्याङ, मेघ्मा, छब्बिसेलगायतका बजार सुनसान बनेका छन् । भारतको तेलङ्गनालाई छुट्टै राज्यको मान्यता दिएपछि दार्जिलिङका नेपाली बासिन्दाले गोर्खाल्यान्डको माग गर्दै २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनको प्रत्यक्ष असर नेपालीलाई समेत परेको स्थानीय व्यापारी मिलन भण्डारीले बताउनुभयो । आन्दोलनका कारण नेपाली विद्यार्थी र कामदार प्रत्यक्ष मारमा पर्न थालेपछि धमाधम र्फकन थालेका छन् । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger