Widgets

Home » , » डलर १०७.४० रूपैयाँ पुग्यो नेपाली रूपैयाँ अहिलेसम्मकै कमजोर

डलर १०७.४० रूपैयाँ पुग्यो नेपाली रूपैयाँ अहिलेसम्मकै कमजोर

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ भदौ, काठमाडौं । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ बुधबार अहिलसम्मकै उच्च भएको छ । नयाँ रेकर्ड कायम गर्दै डलर नेपाली बजारमा १ सय ७ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ । भारतमा बुधबार दिउँसो प्रति डलर ६८ रुपैयाँ ७५ पैसा भारु Doller-Photoअर्थात ११० रुपैयाँ नेपालीमा कारोबार भइरहेको छ ।
भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले डलरसँग भारु कमजोर हुनासाथ नेपाली रुपैयाँमा पनि कमजोर हुन्छ । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकहरुले किनबेच गरेको मूल्यमा आधारित भएर बुधबारका लागि डलरको विनिमय दर १ सय ५ रुपैयाँ ३१ पैसा तोकेको थियो । तर, वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको रेटभन्दा दुई रुपैयाँ ९ पैसा बढी लिएर डलरको कारोबार गरिरहेका छन् ।
भारू डलरको तुलनामा निकै कमजोर भएपछि भारतमा चिन्ता व्यक्त गर्न थालिएको छ । यहि अनुपातमा डलरको भाउ बढ्दै गएमा भारतीय अर्थतन्त्र संकटमा पर्ने विज्ञहरूले बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger