Widgets

Home » , » मलेसियामा अवैध कामदारविरुद्ध अहिलेसम्मकै ठूलो अपरेसनको तयारी मलेसियन सरकार भन्छ- घर फर्क वा बैधानिक होऊ

मलेसियामा अवैध कामदारविरुद्ध अहिलेसम्मकै ठूलो अपरेसनको तयारी मलेसियन सरकार भन्छ- घर फर्क वा बैधानिक होऊ

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ भदौ, क्वालालम्पुर । मलेसियाले मुलुकमा रहेका करिव ५ लाख अबैध बिदेशी कामदारविरुद्ध अहिलेसम्मको सवैभन्दा ठूलो कारवाहीको तयारी थालेको छ । आगामी आइतवारदेखि सुरु हुने यो अभियानमा करिव १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको मलेसियाको दैनिक पत्रिका द स्टारले जनाएको छ । अध्यागमन बिभागको नेतृत्व हुन लागेको यो अपरेशनमा प्रहरी, हतियारधारी सुरक्षाकर्मी, रेला लगायतको फोर्स परिचालन गरिने बताइएको छ । गैरकानुनी विदेशी कामदारको गढका रुपमा चिनिएका क्वालालम्पुर, सेलेङगर, पेनाङ र जोहोरबाहरुका मुख्य स्थानमा छापा मार्ने तयारी गरिएको समाचारमा उल्लेख छ । यसरी पक्राउ पर्ने अबैध बिदेशी कामदारहरुलाई तत्कालै सम्बन्धित मुलुक फिर्ता पठाउने तयारी भइरहेको छ । मलेसियामा रहेका १२ वटा आप्रवासी कामदार राख्ने हिरासतको क्षमता जम्मा १२ हजार जनाको रहेको र पक्राउ गरिएकालाई राख्ने ठाउँ अभाव हुने भएकाले तत्कालै डिपोर्ट गर्ने तयारी भइरहेको छ । दुई वर्षअघि मलेसिया सरकारले सुरु गरेको ‘घर फर्क वा बैधानिक होउ’ अभियान अन्तरगत बायोमेटि्रक प्रणालीमा दर्ता भएपनि त्यसपछिका प्रकृयामा सामेल नभई अबैधानिकरुपमै बसेका बिदेशी कादारलाई लक्षित गरी यो अभियान संचालन गर्न लागिएको अध्यागमन बिभागका महानिर्देशक दातुक अलिस अहमदले जानकारी दिनुभयो । घर फर्काउने प्रकृयालाई तिब्रता दिन सम्बन्धित मुलुकका राजदूतावासलाई द्रुत गतिमा ट्राभल डकुमेन्ट जारी गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । अबैधरुपमा बसेका ५ लाखमध्ये अधिकांश इण्डोनेसियन रहेको केही मात्रामा बंगलादेशी, नेपाली, बर्मेली र भियतनामी पनि रहेको उहाँले जानकारी दिनुभयो । अबैधानिक कामदारलाई समात्ने काम मुसो र बिरोलोको जस्तो खेल हुनसक्ने भन्दै उहाँले अभियान तीन महिनासम्म चल्ने भएकाले उनीहरु कुनै पनि हालतमा लुक्न नसक्ने दावी गर्नुभयो । बैधानिक भएर काम गर्न वा घर फर्किन एक बर्षको अतिरिक्त समय दिँदादिँदै पनि उनीहरुले अटेर गरेकाले अब बल प्रयोगको बिकल्प नभएको अहमदले बताउनुभयो । अबैध बिदेशी कामदारलाई काममा लगाउनेलाई ५ लाख रिंगेटसम्म जरिवाना र २० बर्षसम्म कैद हुनसक्ने अहमदले चेतावनी दिनुभयो । अवैध आप्रवासी कामदारलाई मलेसियाले दिएको आममाफीको अबसरलाई सदुपयोग गर्दै करिव ३४ हजार नेपाली बायोमेटि्रक प्रणालीमा दर्ता भएका थिए । त्यसमध्ये अधिकांश घर फर्किने वा यहीं बैधानिक भएर बस्ने प्रकृयामा सामेल भएका थिए । त्यसपछि पनि नेपाली राजदूतावासले पटक-पटक सूचना जारी गर्दै अबैधानिकरुपमा बस्दै आएका नेपाली नागरिकलाई बैधानिक बन्ने प्रकृयामा सामेल हुन आग्रह गर्दै आएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger