Widgets

Home » , » तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : शेरचन

तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : शेरचन

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

amik

काभ्रे, श्रावण २६ - एमाओवादीका केन्द्रीय सदस्य अमिक शेरचनले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले मंसिर ४ मा संविधानसभाको निर्वाचन नभए देश राजनैतिक बन्दी भई जनता प्रति कुठराघात हुने बताए । थकाली स्वास्थ्यकर्मी परिवारले शनिबार जनागालस्थित अपाङ बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा आयोजना गरेको अभिन्नदन तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शेरचनले संविधानसभाको निर्वाचन तोकिएको मितिमा नभए संक्रमणकाल लम्बिने बताए । 'निर्वाचनको बिकल्प सोच्नु हुँदैन' उनले भने, 'कुनै पनि हालतमा मंसिर ४ मै संविधानसभाको निर्वाचन हुनुपर्दछ ।' उनले निर्वाचनका विपक्षम रहेका राजनैतिक दलहरुसँग सहमति र सहकार्य गदै निर्वाचन गराउनुपर्ने धारणा राखे । तोकिएको मितिमा संविधानसभाको निर्वाचन नभए प्रतिगमन दोहोरिन सक्ने उनले दावी गरे । थकाली स्वास्थ्यकर्मी परिवारले अपाङ बाल अस्पतालमा उपचाररत रहेका बालबालिकाहरुको हितमा खर्च गर्न १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा अस्पतालका संस्थापन अध्यक्ष रहेका बरिष्ठ अर्थोसर्जन डा. अशोक बाँस्कोटा र प्रा. बटुक राजभण्डारीलाई सम्मान गरिएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger