भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, चितवन । आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै एकिकृत नेकपा माओबादि निकट योङ कम्युनिष्ट लिग वाईसियल चितवनले जिल्लाका शिक्षण संस्था बन्दको आह्वान गरेको छ । बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै वाईसियलले चितवनका सम्पुर्ण शैक्षिक संस्था बन्दको आव्हान गरेको हो ।
प्रहरीले चन्दा आतंक मच्च्ााएको आरोपमा मंगलबार वाईसिएलका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । नारायणगढको पुतली बजार सहितका क्षेत्रमा चन्दा अशुली गरीरहेको अबस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख मदनजित महराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा उत्तम गुरुङ , भरत मगर , बिशाल मरहठ्ठा ,मधु न्यौपाने , मनोज कुमार शेर्पा र रबि पराजुली रहेका छन् । उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । पक्राउ पछि राति वडा प्रहरी कार्यालय नारायणगढ पुगेका वाईसिएल समुहले प्रहरी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आफ्ना कार्यकर्ता छुटाउन प्रहरी कार्यालय घेराउ गर्न पुगेका उनिहरुले सामान्य विवादमा प्रहरी जवान माथि आक्रमण गरेको प्रहरी निरिक्षक महराले बताउनुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.